माओवादी नेता डिलाराम आचार्य अस्वस्थ,हेलिकप्टर मार्फत नेपालगन्ज ल्याईयो

धनगढी ।नेकपा माओवादी केन्द्रका सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज डिलाराम आचार्य अस्वस्थ भएपछि हेलिकप्टर मार्फत नेपालगन्ज पुर्याइएको छ।

अछामको रामारोशन कार्यक्रममा सहभागी हुनका लागि साँफेबगर पुगेका आचार्यलाई एक्कासि स्वास्थ्यमा समस्या देखिएको हो ।

बुधबार बिहान एक्कासि समस्या देखिएपछि बयलपाटा अस्पतालमा प्रारम्भिक उपचार पछि हेलिकप्टर मार्फत नेपालगन्ज पुर्याइएको माओवादी केन्द्रका नेता खगराज भट्टले जानकारी दिए ।

उनको एकाएक बोली बन्द हुनुका साथै शरीरको दाहिने भागमा प्यारालाइसिस भएको भट्टको भनाइ छ ।

अहिले उनको नेपालगन्ज मेडिकल कलेजमा उपचार सुरु भएको छ ।