पर्यटकीय नगरी पोखरामा आइतबार आयोजित विशेष समारोहमा पानसमा दिप बालेर प्रधानमन्त्री पुश्पकमल दाहाल प्रचन्डले अन्तराष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन गरेका छन ।
उक्त समारोहमा बोल्दै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले स्वर्गीय रविन्द्र अधिकारीको सपना पूरा भएको बताएका छन्। उनले विमानस्थलअहिले ४–५ बजेसम्म चल्दै आएकोमा अब २४ सै घण्टा सञ्चालन गर्न सकिने बताए।विमानस्थल सञ्चालनबाट पोखरामा पर्यटन क्षेत्र उकास्न सहयोग पुग्ने बताए।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आए सङ्गै यति, बुद्ध, सौर्य र गुण एयरलाइन्सले उडान गरेका छन्।











