नेपालले दियो सिंगापुरलाई १८५ रनको लक्ष्य 

एसिसी यू १६ इस्ट जोन कपको सेमिफाइनल खेलमा नेपालले  सिंगापुरलाई १८५ रनको लक्ष्य दिएको छ ।

मलेसियाको जारीबायोमास ओभल क्रिकेट मैदानमा  टस जितेर   पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा  ९ विकेटको  क्षतीमा १८४ रन बनायो ।  

जसमा सुर्यन्शु कोइराला र निरजकुमार यादवले समान ४२ रन बनाए ।  सिंगापुरका हरिहरनले ३ विकेट लिए  । 

नेपाल समूह ए को विजेता र सिंगापुर समूह बी को उपविजेताको रुपमा सेमिफाइनलमा भिडिरहेका हुन् ।समूह चरणमा नेपालले थाईल्यान्डलाई २ सय २५ रन र मलेसियालाई ८४ रनले हराएको थियो ।

उता इन्डोनएसियालाई १ सय ४ र माल्दिभ्सलाई २ सय ४५ रन र  हङकङसँग भने ७ विकेटले पराजित भएको सिंगापुर उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको हो ।  

नेपाल सिंगापुरलाई हराउदैं फाइनलमा स्थान सुरक्षित गर्न चाहन्छ  । 

(स्रोत:नेप्लेज)