काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । माओवादी अध्यक्ष प्रचण्डलाई भेट्न नेता सिंह शुक्रबार बिहान प्रचण्ड निवास पुगेका थिए ।

दुई नेताबीच सरकार गठनको विषयलाई लिएर कुराकानी भएको थियो । नेता सिंहका सहयोगी युपी लामिछानेका अनुसार संसद्को ठूलो दल भएकाले पहिलो चरणमा कांग्रेसलाई सरकारको नेतृत्व गर्न प्रचण्डसँग प्रस्ताव गरेका थिए । तर, जवाफमा प्रचण्डले कुनै पनि हालत पहिले आफूले प्रधानमन्त्री पाउनुपर्ने अडान राखेका थिए ।
सिंहलाई प्रचण्डले भने,‘मेरो नेतृत्वमा सरकार बनाउन कांग्रेस सकारात्मक होस्।’ प्रचण्डसँगको भेटपछि सिंहले प्रधानमन्त्री देवाउसँग भेट गरी प्रचण्डसँग भएको छलफलबारे जानकारी गराएका छन् ।











