सन्दीप लामिछानेको मुद्दामा आजै फैसला आउने !

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको जबर्जस्ती करणीसम्बन्धी मुद्दामा आज फैसला आउने सम्भावना प्रवल रहेकोछ ।उच्च अदालत पाटनमा मंगलबार पेसी चढेको उक्त मुद्दामा दिनभरिको सुनुवाइमा पनि वहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।

न्यायाधीशद्वय सुदर्शन देव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा मुद्दाको सुनुवाइलाइ निरन्तरता दिइएको छ । आज बहस सकिएपछि फैसला आउन सक्ने उच्च अदालत पाटनका प्रवक्ता तीर्थ राज भट्टराईले जानकारी दिए । 

यसअघि जिल्ला अदालत काठमाडौंले लामिछानेलाई बलात्कारमा दोषी ठहर गर्दै आठ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो । सोही फैसलाविरुद्धको पुनरावेदन निवेदनमा बहस भइरहेको हो ।