अखिल नेपाल फुटबल संघ एन्फाले विश्वकप छनोटका लागि प्रारम्भिक टोली घोषणा गरेको छ। प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एन्नेसीले ३० खेलाडीको प्रारम्भिक टोली छनोट गरेका हुन्।
छनौट हुनेमा गोलकिपरतर्फ किरनकुमार चेम्जोङ, अनिस देउला, दिप कार्की र अभिषेक बराल छन्।यस्तै डिफेन्डरमा विमल पान्डे, सनिष श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, आशिष गुरुङ, रोहित चन्द, सिमान्त थापा, एन्जल महर्जन, छिरिङ लामा र अन्जन राईलाई छनोट गरिएको छ।एरिक विष्ठ, सुदिप गुरुङ, लकेन लिम्बु, आवास लामिछाने, उत्सव राई, विशाल तामाङ, विवेक पौडेल र क्रितिसरत्न चुन्जु मिडफिल्डरमा छनोट भएका छन्।
स्ट्राइकरहरुमा आयुस घलान, नवयुग श्रेष्ठ, अन्जन विष्ट, मनिष डाँगी, विमल घर्तिमगर, आशिष चौधरी, जिलेस्पीजङ कार्की र दिनेश हेन्जानलाई छनोट गरिएको छ।
प्रारम्भिक टोलिको बन्द प्रशिक्षण अगष्ट १ बाट सुरु हुने एन्फाले जनाएको छ।











