पत्नी मञ्जुले पति बालकृष्णलाई हिरासतमा भेटिन्

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परि हिरासतमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई पक्राउ परेको १२ दिन पछी उनकी पत्नी मञ्जु खाँणले काठमाडौं प्रहरी परिसर टेकु हिरासतमा भेटघाट गरेको जानकारी प्राप्त भएको छ।

नेपाली कांग्रेसका नेता खाँण वैशाख २७ गते पक्राउ परि हिरासतमा रहेका भएपनि १२ दिन सम्म उनकी पत्नी मञ्जु भेट्न गएकी थिइनन् । प्रहरीले आज अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाउने दिन मञ्जु पति बालकृष्णलाई भेट्न गएकी हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुले मञ्जुलाई पनि उक्त प्रकरणमा संलग्न रेहेको भनी बयान दिएको समचार बाहिरिएको थियो । त्यसयता सम्पर्कविहीन प्रतिनिधी सभा सदस्य समेत रहेकी मञ्जु सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने दिन संसदमा उपस्थित भएकी थिइन् ।