गुल्मीको मुसिकोट नगरपालिका-२ की विपना महत २० वर्ष पुगिन्। यो उमेरमा कैयौँलाई आफ्ना रहर पूरा गर्न पनि आमाबुवासँग पैसा माग्नुपर्ने बाध्यता हुन्छ।
यहीँ उमेरका युवायुवती भर्खरै सहर छिरेर रोजगार खोज्दै भौँतारिरहेका छन्। उनले जिल्लाको सदरमुकाम तम्घासमा चिया बेचेरै मासिक ९० हजार रुपैयाँ कमाउँदै आएकी छन्।
यहीँ उमेरका युवायुवती भर्खरै सहर छिरेर रोजगार खोज्दै भौँतारिरहेका छन्। उनले जिल्लाको सदरमुकाम तम्घासमा चिया बेचेरै मासिक ९० हजार रुपैयाँ कमाउँदै आएकी छन्।
चिया बेचेर दैनिक तीन हजार रुपैयाँका दरले मासिक ९० हजार रुपैयाँ कमाइ हुन्छ’, उनी भन्छिन्, ‘घरखर्च सबै कटाएर ६० हजार रुपैयाँ बचत गर्दै आएकी छ।’
विपनाले दैनिक चारदेखि पाँच हजार रुपैयाँसम्म कमाइ गरे पनि मासिकरूपमा औसत कमाइ तीन हजार भएको बताइन्।
माध्यमिक शिक्षा परीक्षा (एसईई) पछि उनी पढ्नका लागि तम्घास आएकी हुन्। उनले रेसुङ्गा बहुमुखी क्याम्पसबाट ‘प्लस टु’ सक्काइन्। यसपछि फुर्सदमा भएको समयमा के गर्ने होला भनेर सोचिन्। उनको सोच जागिरभन्दा पनि आफैँले केही गरौँ भन्ने भयो। यसपछि चिसो तम्घासमा तातो चिया बेच्ने सुरुआत गरिन्।
उनी उपल्लो तम्घासमा रहेको मामाघरमा बस्दै आएकी छन्। उनले बिरामी हजुरआमाको हेरचाह पनि गरिरहेको बताइन्। विपनाका बुवा हरिबहादुर कृषक हुन् भने आमा कोपिला गाउँकै विद्यालयमा शिक्षिका हुन्। चिया बेचेर तम्घास बजार डुल्दा अहिलेसम्म कसैले नराम्रो नभनेको र सबैले राम्रो भन्दै प्रशंसा गर्ने गरेको विपनाको अनुभव छ।











