काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक हमला भएको छ । आज दिउँसो भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा सहभागी भएका यादवमाथि तीन चारजनाको समूहले उनिमाथि खुकुरी प्रहार गरेको हो ।
खुकुरी प्रहारबाट यादव घाइते भएका छन् ।पक्राउ पर्नेमा नुवाकोट जिल्ला बिदुर नगरपालिका९७ बस्ने ४७ वर्षीय श्यामबाबु सापकोटा रहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता कुमोद ढुंगेलले जानकारी दिए ।
नेता यादवलाई अहिले वीर अस्पताल लगिएको छ । साक्षात्कार कार्यक्रममा सहभागी भएर बाहिर निस्कने क्रममा उनीमाथि सांघातिक हमला भएको हो ।
यादवको टाउकोको पछाडिको भागमा गहिरो चोट लागेको छ ।











