काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिकित्सा शिक्षा र स्वास्थ्यसेवामा रहेका दोहोरोपन हटाउन एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्न आवश्यक रहेको बताएका छन् । बुधबार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई ललितपुरमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले सबै नागरिकलाई आधारभूत तथा गुणस्तरीय स्वास्थ्यसेवा उपलब्ध गराउन सबै स्वास्थ्य संस्था, सामुदायिक अस्पताल एवं सहकारी अस्पतालहरूको क्षमता विकासमा पनि ध्यान दिन जरुरी रहेको बताए ।
नेपालको अधिकांश भू–भाग ग्रामिण क्षेत्र रहेको र ग्रामिण क्षेत्रमा स्तरीय स्वास्थ्योपचारका लागि दक्ष सामाजिक उत्तरदायित्वको भावनाबाट प्रेरित चिकित्सक उत्पादन गर्ने र स्वास्थ्य सेवाको पहुँच ग्रामिण स्तरसम्म विस्तार गर्दै जानुपर्ने उनको भनाइ छ ।











