सुमना शिक्षा मन्त्री,बिराज खेलकुद !

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृह मन्त्रालय सहित चार मन्त्रालय पाउने सहमति भएको संगै सम्भावित मन्त्रीहरुको नाम सार्वजनिक भइरहेको छ ।

रास्वपा स्रोतले सुमना शिक्षा मन्त्री र बिराजभक्त श्रेष्ठ खेलकुद मन्त्री बन्ने जानकारी दिएको छ।पार्टी सभापति रबि लामिछाने गृह मन्त्री बन्ने पक्का हुँदा डोल प्रसाद अर्याल श्रम मन्त्री बन्नेछन।

आज बालुवाटारमा बसेको नयाँ गठबन्धन बैठकमा रास्वपाले चार मन्त्रालय पाउने सहमति जुटेको थियो ।