सुन फेरि एक लाखभन्दा माथि

 सुनको मूल्य बढेर फेरि एक लाखभन्दा माथि पुगेको छ।शुक्रबार ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज एक लाखमाथि पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार छापावाल सुन प्रतितोला ६०० रुपैयाँ बढेर १ लाख ५०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख रुपैयाँमा कारोबार भइरहेको छ।