काठमाडौं – आज बसेको मन्त्रिपरिषद् बैठकले वसन्त कुँवरलाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो ।सरकारले नेपाल प्रहरीको प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षकको वरियता क्रममा १ नम्बरमा रहेका कुँवरलाई महानिरीक्षकमा बढुवा गरेको हो ।
आइजिपीका लागि कुँवरसँगै एआइजीहरू टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य दाैडमा थिए ।उनले एक वर्ष प्रहरीको नेतृत्व सम्हाल्नेछन् ।
प्रहरी महानिरीक्षकमा नियुक्त भएका कुँवरले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन्।प्रधानमन्त्री कार्यालयमा भएको भेटमा आईजीपी कुँवरलाई प्रधानमन्त्रीले बधाई दिएका थिए।











