वर्ल्डकप २०२२ को फाइनल खेल अर्जेंटीना र फ्रान्स बिच दोहा लुसैल स्टेडियममा हुने

फिफा वर्ल्डकप २०२२ को फाइनल खेल अर्जेंटीना र फ्रान्स बिच आज दोहा लुसैल स्टेडियममा हुदैछ।कतारको सबैभन्दा ठुलो यो स्टेडियममा ८९ हजार् दर्शकहरु को उपस्थितिमा अर्जेंटीना र फ्रान्स बिच रोचक भिडन्त हुने भएको हो ।

यस फाइनल प्रतिस्पर्धामा प्राय दर्शकको ध्यान लियोनल मेसी र एमबाप्पेमा केन्द्रीत हुने देखिएको छ ।नेपाली समय अनुसार साँझ पौने नौ बजे हुने फाइनल खेलमा फिफा वर्ल्डकप २०१८ को बदला लिने अवसर अर्जेंन्टीनालाई छ भने फ्रान्स २०१८ दोह्र्याउने मुडमा देखिन्छ ।सन् २०१८ मा भएको फाइनलमा फ्रान्सले अर्जेंन्टीना लाई ४ – ३ ले हराएको थियो ।