काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन–२ बाट उमेदवारी दर्ता गराएका छन् । उनले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सुरुमै उम्मेदवारी दर्ता गराएका हुन् ।
वैशाख १० गते हुने उपनिर्वाचनका लागि रविले चितवन–२ बाट उमेदवारी दिएका हुन् । गत प्रतिनिधि सभा चुनावमा उनी सोही क्षेत्रबाट भारी मतसहित निर्वाचित भएका थिए ।
उनले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सुरुमै उम्मेदवारी दर्ता गराएका हुन् । सोही क्षेत्रबाट सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा एमालेका रामप्रसाद न्यौपाने, राप्रपाका जीवलाल पुरी, हाम्रो नेपाली पार्टीका शम्भु थापा र नागरिक उन्मुक्ति पार्टीका राजेश अधिकारी लगायतले उम्मेदवारी दर्ता गर्दै छन् ।











