युनियन अध्यक्ष लम्सालद्वारा बिपि साहित्य महोत्सव तयारी समितीको सदस्य अस्विकार !

वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा नेपाली काङ्ग्रेस पार्टीले आयोजना गर्न लागेको साहित्य महोत्सव तयारी समितिमा बिना सल्लाह र जानकारी नाम थपेको प्रति नेपाली काङ्रग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले असहमति जनाएका छन् ।

बुधबार एक विज्ञप्ति प्रकाशन गर्दै विना सल्लाह र जानकारी पछिल्लो पटक सो समितिमा सदस्य बनाईएको भन्दै लम्सालले सदस्यता अस्वीकार गरेका हुन् ।

पछिल्लोपटक आफू सहितका सदस्यहरू थप गर्दा आफूसँग कुनै सल्लाह नै नगरी आफ्नो समेत नाम राखिएको प्रती उनको बिमती देखिन्छ ।

बिज्ञ्यपतिमा ‘वीपी साहित्य महोत्सव आयोजना गर्नु राम्रो काम भएको तर तयारी समितिमा आफ्नो नाम राख्दा कुनै छलफल नभएकाले आफू सो समितिमा नरहेको जानकारी गराउछु’, भनी लेखिएको छ ।