गभर्नर पौडेलद्वारा राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखामा अवलोकन

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाको अवलोकन गरेका छन् । ‘जेन जी आन्दोलन’ का क्रममा शाखामा तोडफोड र चोरी भएको घटनापछि गभर्नर पौडेल शाखामा पुगेका हुन् ।

अवलोकनका क्रममा गभर्नरले बैंकको भौतिक अवस्था, भएको क्षति तथा बैंकले भोग्नु परेको चुनौतीबारे जानकारी लिए । उनले बैंक सेवाको निरन्तरता सुनिश्चित गर्न आवश्यक समन्वय र सहयोगका विषयमा समेत छलफल गरेको बताइएको छ ।

उक्त घटनामा केही रकम चोरी भएको प्रहरीले पुष्टि गरेको छ ।