अयोग्य लडाकुको नाममा पैसा बाँडने कार्य स्वीकार्य हुँदैन :डा.शेखर कोइराला

काठमाडौ । नेपाली काग्रेसका बरिष्ठ नेता डा शेखर कोइरालाले पुर्व लडाकुको नाममा पैसा बाँडने कार्य स्वीकार्य हुन नसक्ने बताएका छन् ।

बिहीबार बिहान सामाजिक सञ्जालमार्फत  धारणा सार्वजनिक गर्दै डा कोइरालाले बिगतमा क्यान्टुमेन्टमा भएका लडाकुका लागी लिएको पैसाको हिसावकिताव बुझाउन नसक्ने, द्धन्दकालिन समस्याको समाधान नगर्ने अनि पैसा नभएको बेला यसरी पैसा बाँडन लागिएको कामलाई रोक्न सबैमा अपिल गरेका छन् ।

उनले ढुकुटीमा पैसा नभएका कारण सरकारी कर्मचारीको तलव र पुर्व शिक्षकको पेन्सन दिन नसक्ने अवस्थाको सरकारले पुर्व अयोग्य लडाकुको नाममा पैसा बाँडने काम अनउपयुक्त भएको धारणा राख्दै यस्तो बताएका हुन ।

सामाजिक सञ्जालमा कोइरालाले, “विगतमा क्यान्टोन्मेन्टमा भएका लडाकुका लागि लिएको पैसाको हिसाबकिताब बुझाउन नसक्नु, द्वन्द्वकालीन समस्या समाधानमा आनाकानी गर्दै लम्ब्याउनु तथा ढुकुटीमा पैसा नभएका कारण सरकारी कर्मचारीहरूको तलब र पूर्वशिक्षकहरूको पेन्सन दिन समेत नसक्ने अवस्थाको सरकारले पूर्वअयोग्य लडाकुको नाममा पैसा बाँड्ने कार्य स्वीकार्य हुनै सक्दैन,” उनले फेसबुकमा लेखेका छन्, “माओवादी नेतृत्वको सरकारको यस्तो कार्यको विरोध गरौँ, रोकौँ र भविष्यका लागि सचेत बनौँ । उनीहरूलाई पैसा होइन, रोजगारी दिऊँ ।”लेख्दै पैसा बाड्ने कामको बिरोध गरेका हुन् ।