अमेरिका द्वारा भारतलाई ९३ मिलियन डलरको मिसाइल बेच्ने सम्झौता स्विकृत

काठमाडौं । अमेरिका द्वारा भारतलाई ९३ मिलियन अमेरिकी डलरको मिसाइल बेच्ने सम्झौता स्विकृत भएको छ । अमेरिकाले एफजीएम–१४८ जेभलिन एन्टि–ट्यांक निर्देशित मिसाइल प्रणाली तथा एम ९८२ ए–१ एक्सक्यालिबर प्रिसिजन–गाइडेड तोपगोला बिक्रीका लागि स्वीकृति दिएको हो । कुल मूल्य करिब ९३ मिलियन अमेरिकी डलर पर्ने उक्त बिक्रीबारे अमेरिकी डिफेन्स सेक्युरिटी कोअपरेसन एजेन्सी ९डिएससीए० ले जानकारी गराएको हो । स्वीकृत प्याकेजअन्तर्गत भारतले १०० थान जेभलिन मिसाइल, १ थान ‘फ्लाइ–टु–बाइ’ राउन्ड, २५ कमाण्ड–लन्च एकाइ, प्रशिक्षण सामग्री, सिमुलेसन राउन्ड,…

"अमेरिका द्वारा भारतलाई ९३ मिलियन डलरको मिसाइल बेच्ने सम्झौता स्विकृत"

चीनमा नवप्रवर्तन उद्योग फस्टाउँदै, रोबोटिक्स रोजाइमा

एजेन्सी । चीनमा नवप्रवर्तन उद्योग एवम व्यवसायले उल्लेखनीय प्रगति गर्दै गएको छ ।रोबोटिक्स, फोटोनिक्स, हाइड्रोजन ऊर्जा र क्वान्टम प्रविधि क्षेत्रहरूमा चीनको केही उल्लेखनीय उपलब्धिहरूको पछाडि नवप्रवर्तन प्रेरक बनेको छ । बेइजिङमा रहेको मानवोइड रोबोट उद्योग भर्खरै संचालनमा आएको छ । जुन १४,००० वर्ग मिटर क्षेत्रफलमा छ । देशभरि देखा पर्दै गरेका धेरै नवनिर्मित रोबोट र प्रविधि केन्द्रहरू मध्ये सबैभन्दा ठूलो हो। त्यस्तै उत्तरपश्चिमी चीनको शान्सी प्रान्तमा, लगभग २० कम्पनीहरू आवद्ध हुने फोटोनिक्स सेन्सिङ औद्योगिक पार्कको…

"चीनमा नवप्रवर्तन उद्योग फस्टाउँदै, रोबोटिक्स रोजाइमा"

चीनमा छेपारोदेखि कछुवा र रंगीन सुगा पाल्नेहरुको संख्या बढ्यो

एजेन्सी । चीनमा छेपारोदेखि कछुवा र रंगीन सुगासम्म पालन गर्नेहरुको संख्या बढ्दै गएको छ । विशेषगरी विदेशी घरपालुवा जनावरहरूको बजार पनि बढ्दो क्रममा छ । तथ्याङ्क अनुसार चीनमा १ करोड ७० लाखभन्दा बढी मानिसहरूले अहिले परम्परागत बिरालो वा कुकुरहरू बाहेक अन्य जनावरहरू पाल्छन् । जसले गर्दा लगभग १.४ अर्ब अमेरिकी डलर मूल्यको विदेशी घरपालुवा जनावर बजार बढिरहेको हो । मध्य चीनको शाङ्किउ शहर जस्ता स्थानहरुमा विदेशी घरपालुवा जनावर प्रजननकर्ताहरू माग पूरा गर्न अग्रसर देखिन्छन् ।…

"चीनमा छेपारोदेखि कछुवा र रंगीन सुगा पाल्नेहरुको संख्या बढ्यो"

अफगानिस्तानको भुकम्पमा ५ जनाको ज्यान गयो, १४३ जना घाइते

काठमाडौं । अफगानिस्तानको विभिन्न प्रान्तहरूमा सोमबार राति गएको ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने १४३ जना घाइते भएका छन् । त्यहाँको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार भूकम्प स्थानीय समयअनुसार राति १ बजे तिर गएको हो । प्राधिकरणले जारी गरेको विज्ञप्तिमा भूकम्पले देशका उत्तरपश्चिम, मध्य, पश्चिम, उत्तर, उत्तर–पूर्व तथा पूर्वी क्षेत्रमा धक्का दिएको उल्लेख छ । प्रारम्भिक जानकारीअनुसार भूकम्पको केन्द्रबिन्दु समंगन प्रान्तमा रहेको र त्यहीँ सबैभन्दा धेरै क्षति पुगेको बताइएको छ।…

"अफगानिस्तानको भुकम्पमा ५ जनाको ज्यान गयो, १४३ जना घाइते"

ट्रम्प र जापानी प्रधानमन्त्री ताकाइचीबीच व्यापार र दुर्लभ खनिज सम्बन्धी दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानकी प्रधानमन्त्री साने ताकाइचीबीच मंगलबार दुईवटा महत्वपूर्ण द्विपक्षीय सम्झौता सम्पन्न भएको छन् । एक सम्झौता व्यापारसँग सम्बन्धित छ भने अर्को दुर्लभ र महत्वपूर्ण खनिजको आपूर्ति सुदृढ गर्न केन्द्रित छ । पहिलो सम्झौतामा ‘अमेरिका–जापान गठबन्धनको नयाँ सुनौलो युग’को घोषणा गरिएको छ । यस सम्झौताअनुसार जापानी लगानीकर्ताले अमेरिकामा करिब ५५० अर्ब अमेरिकी डलर बराबरको लगानी गर्नेछन् । बदलामा अमेरिकी पक्षले जापानी निर्यातमा १५ प्रतिशत कर लागू गर्ने व्यवस्था गरेको छ…

"ट्रम्प र जापानी प्रधानमन्त्री ताकाइचीबीच व्यापार र दुर्लभ खनिज सम्बन्धी दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर"

मलेसिया पुगे राष्ट्रपति ट्रम्प, क्याम्बोडिया–थाइल्यान्ड ‘महान शान्ति सम्झौता’का साक्षी बन्ने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मलेसियाको राजधानी क्वालालम्पुरमा पुगेर ४७ औँ आसियान शिखर सम्मेलनमा सहभागी भएका छन् । मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँगै ‘द बीस्ट’ नामक राष्ट्रपतिको विशेष सवारीमा क्वालालम्पुर कन्भेन्सन सेन्टरतर्फ प्रस्थान गर्नु अघि ट्रम्पलाई भव्य स्वागत गरिएको थियो । आधिकारिक स्वागत समारोहमा ट्रम्पले परम्परागत मलेसियाली नृत्यमा सहभागी हुँदै उत्सवमय वातावरण सिर्जना गरेका थिए । जसले उनको भ्रमणको औपचारिक कार्यक्रमको सुरुवातलाई प्रतीकात्मक रूपमा रंगीन बनाएको थियो । ट्रम्प आइतबार एयर फोर्स वनमार्फत मलेसिया पुगेका…

"मलेसिया पुगे राष्ट्रपति ट्रम्प, क्याम्बोडिया–थाइल्यान्ड ‘महान शान्ति सम्झौता’का साक्षी बन्ने"

पूर्वी चीनमा गंगटाबाट राम्रो आम्दानी, मूल्य कति पर्छ ?

एजेन्सी । चीनमा किसानहरुले गंगटा उत्पादनबाट राम्रो आम्दानी लिइरहेका छन् । पूर्व चीनका किसानले रौं भएका गंगटाको प्रशस्त उत्पादन गर्ने गर्छन् । जियाङ्सु प्रान्तको एन्फेङ टाउनका गंगटा किसानहरूले हालको सिजनमा नयाँ उत्पादन भित्र्याइरहेका हुन् । गर्मीमा अनुकूल तापक्रमले गंगटाको उत्पादन बढाएको छ तर गत वर्षको तुलनामा मूल्यमा केही कमी आएको छ । एकजना गंगटा किसान झु चुन्जिया भन्छन्,‘अघिल्ला वर्षहरूको तुलनामा यस बर्षको उत्पादन थोरै कम छ । औसत मूल्य प्रतिकिलो लगभग १७ अमेरिकी डलर छ…

"पूर्वी चीनमा गंगटाबाट राम्रो आम्दानी, मूल्य कति पर्छ ?"

२० जीवित बन्धकहरूको सूचीमा विपिनको नाम समावेश नभएको जानकारी

काठमाडौं ।हमासको सैन्य शाखाले आज रिहा हुने २० जीवित बन्धकहरूको नाम सार्वजनिक गरेको छ । अमेरिकाको पहलमा इजरायल र हमासबिच युद्धविराम भएपछि आज हमासको नियन्त्रणमा रहेका जीवित र मृतक बन्दीहरु रिहा गर्ने कार्यक्रम छ तर आज छाड्न लागिएका २० जनाको सूचीहरुमा विपिनको नाम छैन । इजरायलमा हमासद्वारा नियन्त्रणमा लिइएका विपिन जोशी भने जीवित नरहेको इजरायली सेनाका अधिकारीले जानकारी इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितलाई दिएका दिएको बीबीसीले उल्लेख गरेको छ । उनले आज बिहान साढे…

"२० जीवित बन्धकहरूको सूचीमा विपिनको नाम समावेश नभएको जानकारी"

नयाँ बन्धकको सूची सार्वजनिक : विपिन जोशीको नामपनि समावेश

काठमाडौं । गाजामा हमासले नियन्त्रणमा लिएका जीवित बन्धकको सूचीमा नेपालका विपिन जोशीको नाम समेटिएको नयाँ सूची सार्वजनिक भएको छ । हमास र इजरायलबिचको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत सोमबार बन्धक रिहा गर्नु अगाडि सार्वजनिक सूचीमा विपिनको नाम पनि समेटिएको हो ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यम वाशिङ्टन पोस्टले जीवित बन्धकको सूचीमा विपिन रहेको सार्वजनिक गरेको हो । यसअघि सिएनएसनले सार्वजनिक गरेको सूचीमा विपिन अज्ञात रहेको उल्लेख गरेतापनि विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सार्वजनिक गरेको सूचीमा भने विपिन जीवित रहेको उल्लेख छ ।

"नयाँ बन्धकको सूची सार्वजनिक : विपिन जोशीको नामपनि समावेश"

चीनमा दुर्लभ बाँदर फेला, दुर्लभ प्रजातिको संरक्षणमा ठूलो उपलब्धि

काठमाडौं । चीनको दक्षिण–पश्चिम गुइझोउ प्रान्तस्थित मायाङ्हे राष्ट्रिय प्राकृतिक आरक्ष क्षेत्रमा पाँच वटा सुनौला रौँ भएका दुर्लभ ब्ल्याक लिफ मन्की (बाँदर) का बच्चा फेला परेका छन् । यसले विश्वकै सबैभन्दा ठूलो आरक्ष क्षेत्रमा रहेको यो दुर्लभ प्रजातिको संरक्षण सफलतापूर्वक अघि बढिरहेको संकेत गरेको छ । आरक्षका अनुसन्धानकर्ताहरूले हालै इन्फ्रारेड निगरानी प्रणाली मार्फत ती बच्चा बाँदरहरूको अस्तित्व पत्ता लगाएका हुन् । यस वर्ष मात्र यो आरक्षमा नयाँ जन्मिएका बाँदरहरूको यो तेस्रो समूह हो । जसले चीनका…

"चीनमा दुर्लभ बाँदर फेला, दुर्लभ प्रजातिको संरक्षणमा ठूलो उपलब्धि"