नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा रक्तदान कार्यक्रम सम्पन्न, ४८ जनाले गरे रगतदान

काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। शनिबार छोटो सूचना हुँदाहुँदै करिब ७५ जना सहभागी उपस्थित जनाएर ४८ जनाले सफलतापूर्वक रगतदान गरेका हुन््। कार्यक्रमको शुभारम्भ जनसवाल राष्ट्रिय दैनिकका सम्पादक रामजी बगाले, नेपाल पत्रकार महासंघ काठमाडौंकी अध्यक्ष शोभा अर्याल तथा सचिव रमेश बोहोराले रगतदान गरेर गरेका हुन्। रक्तदानमा उल्लेखनीय उपस्थिति जनाउँदै साथ–समर्थन प्रदान गर्ने महानुभावहरू प्रति शाखाले विशेष आभार व्यक्त गरेको छ। कार्यक्रममा जनसवाल दैनिकका रामजी बगाले, प्रेस चौतारी…

"नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा रक्तदान कार्यक्रम सम्पन्न, ४८ जनाले गरे रगतदान"

विवाह गर्ने उपयुक्त समय र विधि के हो ?

विवाह गर्नलाई कुनै बार र महिना बाधक मानिदैन् मंसिर विवाहको मौसम हो विवाह गर्नलाई विशेष गरी उत्तरायण र दक्षिणायन भन्ने हुन्छ । अहिले दक्षिणायन छन् । माघबाट उत्तरायण हुन्छन् । सकेसम्म उत्तरायणमा विवाह गर्नु उपयुक्त ठानिन्छ । दक्षिणायनमा सकेसम्म विवाह नगर्नु भन्ने चलन छ । तर, विवाह गर्नलाई तुलसी विवाह भएपछि उत्तरायण सम्पन्न हुने भएकाले नहुने कुरा छैन । तर दक्षिणायनमा पनि विवाह गर्न मिल्छ र उत्तरायणमा विशेष गरी माघपछिको विवाहलाई बढी उत्तम मान्ने चलन…

"विवाह गर्ने उपयुक्त समय र विधि के हो ?"

सिमरा घटना : अनुसन्धानका लागि दुई वडा अध्यक्ष पक्राउ

रौतहट । बाराको सिमरामा भएको घटनाको अनुसन्धानका लागी प्रहरीले दुई जना वडा अध्यक्षलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिमरामा परेको किटानी जाहेरीका आधारमा प्रहरीले दुबै जना वडा अध्यक्षलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका – २ का वडाध्यक्ष ४० वर्षीय धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का वडाध्यक्ष ३४ वर्षीय कैमुद्दिन अन्सारी रहेका छन् । दुवै जना नेकपा ९एमाले० बाट निर्वाचित जनप्रतिनिधि हुन् ।सिमरा चोकमा बुधबार जेनजी समूह र नेकपा एमालेका…

"सिमरा घटना : अनुसन्धानका लागि दुई वडा अध्यक्ष पक्राउ"

ताप्लेजुङको तेम्बा बजारमा भीषण आगलागीः चार घर पूर्ण रूपमा नष्ट हुँदा करोड बढीको क्षति

विराटनगर ।ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ मा अवस्थित तेम्बा बजारमा मंगलबार राति लागेको भीषण आगलागीले चार घर पूर्ण रूपमा जलेर नष्टहुँदा एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ । राति करिब ११ बजे लागेको आगो स्थानीय बासिन्दा, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त प्रयासमा बुधबार बिहान करिब ६ बजे नियन्त्रणमा आएको हो । आगलागी कसरी भयो भन्ने यकिन कारण खुल्न सकेको छैन । रातिको समयमा सुरु भएकाले प्रभावित परिवारले घरभित्रका सामान सुरक्षित गर्न पाएनन् । स्थानिय इन्द्रकुमार…

"ताप्लेजुङको तेम्बा बजारमा भीषण आगलागीः चार घर पूर्ण रूपमा नष्ट हुँदा करोड बढीको क्षति"

सदर चिडियाखानामा कालो रङको चितुवा

काठमाडौँ। जावलाखेलस्थित सदर चिडियाखानामा आजदेखि पूर्ण रूपमा कालो रङ भएको चितुवा (ब्ल्याक प्यान्थर) अवलोकनका लागि राखिएको छ । पूर्वी नेपालको इलामबाट उद्धार गरी ल्याइएको उक्त चितुवा आजदेखि दर्शकहरूले अवलोकन गर्न सक्ने गरी राखिएको चिडियाखानाका प्रमुख सत्यनारायण साहले जानकारी दिए । पूर्वी नेपालको इलामबाट उद्धार गरी गत भदौ १७ चिडियाखानामा ल्याई पशु चिकित्सकको प्रत्यक्ष निगरानीमा राखिएको उक्त कालो चितुवा हाल सामान्य अवस्थामा आएपश्चात अवलोकन गर्न सक्ने गरी राखिएको हो । यो चितुवाकै प्रजाति भए पनि मेलानिज्म…

"सदर चिडियाखानामा कालो रङको चितुवा"

काठमाडौं महानगरपालिकाकोवडा नं. ११ को सेवा अब नवनिर्मित भवनबाट

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर ११ आफ्नै प्रशासनिक भवनमा सरेको छ । यसअघि ववरमहलमा वहालको भवनबाट सेवा दिँदै आएको वडा आज आफ्नै नवनिर्मित भवनमा सरेर सेवा प्रारम्भ गरेको हो । नवनिर्मित भवनमा शिलालेख अनावरण गर्दै वडाध्यक्ष एवं महानगरपालिकाको भवन व्यवस्था समितिका संयोजक हीरालाल तण्डुकारले भने, ‘शारीरिक अवस्था कमजोर हुने, व्हील चेयर प्रयोगकर्ता, दृष्टिविहिन सबै सेवाग्राहीहरु हरेक तलामा पुग्न सक्ने गरी भवन निर्माण भएको छ । हरेक तलामा भएका शौचालय प्रयोग गर्न सक्नुहुन्छ ।’ उनले…

"काठमाडौं महानगरपालिकाकोवडा नं. ११ को सेवा अब नवनिर्मित भवनबाट"

धनुषामा महिलाको हत्या र लुटपाट प्रकरणमा एक महिला पक्राउ

जनकपुर । धनुषामा एक जना महिलाको हत्या गरेर सुनचाँदीका गरगहना लुटपाट गर्ने अर्की महिलालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । धनुषाको हंसपुर नगरपालिका ७ की ६२ वर्षिया चन्द्रकला देवी दासको हत्या गरेर सुनचाँदीका गरगहना लुटपाट गरेको आरोपमा सोही स्थानमा बसोबास गर्ने ४५ वर्षिया पवित्री देवी मण्डललाई धनुषा प्रहरीले पक्राउ गरेको हो । मण्डलको साथबाट लुटिलगेको गरगहनाहरु पनि बरामद भएको छ । मृतक दासलाई मार्न प्रयोग गरिएको हतियार पनि बरामद गरिएको धनुषा प्रहरीले जनाएको छ ।…

"धनुषामा महिलाको हत्या र लुटपाट प्रकरणमा एक महिला पक्राउ"

हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु

रौतहट । बारामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गको जितपुरसिमरा उपमहानगरपालिका–१६ काटघाट क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु भएको हो। हात्तीको आक्रमणबाट ना।४ ख १८३० नम्बरको ट्रकका चालक जितपुरसिमरा उपमहानगर–१ निवासी अन्दाजी ४० वर्षका राजकुमार चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय बाराका निमित्त प्रवक्ता प्रहरी निरीक्षक खेमप्रसाद नेपालका अनुसार ट्रकबाट उत्रेर भाग्ने क्रममा राजमार्गदेखि करिब सय मिटर दक्षिण जंगलतर्फ हात्तीले आक्रमण गरेको हो। हात्तीले…

"हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु"

मकवानपुरमा अपराध नियन्त्रणका लागि सिडिओ बसन्त अधिकारीको प्रतिबद्धता

हेटौंडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बसन्त अधिकारीले जिल्लालाई थप सुरक्षात्मक बनाउँदै हरेक किसिमका अपराधजन्य गतिविधि नियन्त्रणमा लिने प्रतिबद्धता जनाएका छन् । आज हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सिडिओ अधिकारीले पछिल्लो समय मकवानपुरमा बढ्दै गएको लागू औषध कारोबार, यौनधन्दा, ठगी र अवैध कार्यहरूलाई नियन्त्रणमा ल्याउन सुरक्षा निकायहरू सक्रिय रूपमा खटिने जानकारी दिए। उनले भने, ‘अब मकवानपुरमा कुनै पनि गैरकानुनी कार्यलाई सहन गरिँदैन। लागूऔषध नियन्त्रणदेखि यौनधन्दा नियन्त्रणसम्मका अभियानलाई कडाइका साथ अघि बाइनेछ ।’कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले…

"मकवानपुरमा अपराध नियन्त्रणका लागि सिडिओ बसन्त अधिकारीको प्रतिबद्धता"

साढे तीन सय वर्ष पुरानो : श्री चन्द्रविनायक तथा श्री भैरवनाथ जात्रा

काठमाडौं । साढे तीन सय वर्ष पुरानो श्री चन्द्रविनायक तथा श्री भैरवनाथ जात्राको खटलाई मन्दिर परिक्रमा गराइएको छ । बुधबार साँझ पशुपतिनाथ अमालकोट कचहरीका द्वारे रामकृष्ण डङ्गोलले देवता सहित सजाइएको रथमा सिन्दुर चढाएर रथयात्राको शुभारम्भ गरेका हुन् । श्री चन्द्रविनायक तथा श्री भैरवनाथको रथलाई मन्दिर वरपर घुमाई गङ्गाहिटीमा लगेर स्नान गराई मन्दिर परिसरमा लगेर बिसाइएको छ । मार्ग शीर्ष कृष्ण द्वितीया अर्थात् शुक्रबार दुवै रथलाई पशुपतिमा लगेर पिताको दर्शन गराई जयवागेश्वरी हुदैँ मित्रपार्क चुच्चेपाटीसम्मका मूल…

"साढे तीन सय वर्ष पुरानो : श्री चन्द्रविनायक तथा श्री भैरवनाथ जात्रा"