धनगढी ।नेकपा माओवादी केन्द्रका सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज डिलाराम आचार्य अस्वस्थ भएपछि हेलिकप्टर मार्फत नेपालगन्ज पुर्याइएको छ। अछामको रामारोशन कार्यक्रममा सहभागी हुनका लागि साँफेबगर पुगेका आचार्यलाई एक्कासि स्वास्थ्यमा समस्या देखिएको हो । बुधबार बिहान एक्कासि समस्या देखिएपछि बयलपाटा अस्पतालमा प्रारम्भिक उपचार पछि हेलिकप्टर मार्फत नेपालगन्ज पुर्याइएको माओवादी केन्द्रका नेता खगराज भट्टले जानकारी दिए । उनको एकाएक बोली बन्द हुनुका साथै शरीरको दाहिने भागमा प्यारालाइसिस भएको भट्टको भनाइ छ । अहिले उनको नेपालगन्ज मेडिकल कलेजमा…
"माओवादी नेता डिलाराम आचार्य अस्वस्थ,हेलिकप्टर मार्फत नेपालगन्ज ल्याईयो"Category: सुदूरपश्चिम प्रदेश
बझाङ ।बझाङमा हिजो गएको भूकम्पबाट एक जना माहिलाको ज्यान गएको छ ।ज्यान गुमाउनेमा जयपृथ्वी नगरपालिका–११ की ४० वर्षीया गुनमति धामी रहेकी छिन् । जिल्ला प्रहरी कार्यालयका अनुसार मङ्गलबार गएको भूकम्पपछिको पहिरोमा परेर धामीको मृत्यु भएको हो । प्रहरी टोली घटनास्थलमा गएको छ । भूकम्पबाट ११ जना घाइते भएका छन् । २ जना उपचारपछि घर फर्किएका छन् भने ९ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेमा जयपृथ्वी नगरपालिका–११ की सात वर्षीया सलिना जोशी, सोही…
"भूकम्पबाट बझाङमा १ जनाको मृत्यु !"डडेल्धुरा । डडेल्धुरामा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह प्रमुख अतिथि रहेको एक कार्यक्रमको मञ्च ढलेको छ । बुधबार डडेल्धुरा बहुमुखी क्याम्पसको २८औं वार्षिकोत्सव कार्यक्रमको मञ्च अचानक ढलेपछि अतिथिहरूको भागाभाग भएको छ । स्टेजमा मुख्यमन्त्री शाहसँगै माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका संसदीय दलका नेता खगराज भट्ट, प्रदेशसभा सरस्वती खड्का, डडेल्धुराका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपाने, सुरक्षा निकायका प्रमुख, जिल्लास्थित राजनीतिक दलका प्रमुखलगायत रहेका थिए । मञ्च भत्किएर चोट भने कसैलाई पनि नलागेको र केही समय कार्यक्रम…
"सुदूरपश्चिमका मुख्यमन्त्री शाह प्रमुख अतिथि रहेको कार्यक्रमको मञ्च नैं ढल्यो !"













