काठमाडौं । लुम्बिनी प्रदेशका सांसद धनबहादुर (डीबीं) केसीले आत्मसमर्पण गरेपछि कारागार चलान भएका छन् । आइतबार रुकुम पूर्व जिल्ला अदालत पुगेर कांग्रेस सांसद केसीले आत्मसमर्पण गरेका हुन् । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता एसएसपी माधव श्रेष्ठले सांसद केसीलाई अदालतमा उपस्थित गराइएको र आइतबार नै उनलाई कारागार चलान गरेको जानकारी दिए । रुकुम पूर्वका १(खं)बाट निर्वाचित धनबहादुर केसीलाई जिल्ला अदालतले किर्ते मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाए पनि…
"लुम्बिनीका सांसद केसी कारागार चलान"Category: लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेशसभाका सांसदलाई पद तथा गोपनीयताको शपथ गराए।शपथ ग्रहण समारोहमा लुम्बीनीका मुख्यमन्त्री कुलप्रसाद केसी, पूर्वमुख्यमन्त्री शंकर पोखरेल तथा पूर्वसभामुख पूर्णबहादुर घर्ती सहभागी थिए। लुम्बिनी प्रदेशसभाका ८७ सांसदलाई प्रदेश राजधानी रहेको राप्ती उपत्यकामा नवनिर्मित प्रदेशसभा भवनमा प्रदेशसभा सदस्यको शपथ गराइएको हो।
"लुम्बिनी प्रदेशका सांसदले लिए शपथ"












