सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँने छन् । मुख्यमन्त्री कँडेलले आज अपराहन्न ३ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिँने कार्यतालिका छ। विश्वासको मत लिन मूख्यमन्त्री कँडेलले माओवादी केन्द्रका रणसिंह परियारलाई बिना विभागीय मन्त्री बनाएका छन् । गठबन्धनमा रहेका दलहरुबीच सहमति जुट्न नसक्दा ,चैत्र २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका एमाले नेता कँडेलले अहिलेसम्म सरकारलाई पूर्णता दिन सकेका छैनन् । ४० सदस्यीय प्रदेश सभामा सत्ता गठबन्धनमा एमालेका १०, माओवादी केन्द्रका…
"कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँने"











