काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक बस्ने भएको छ । बैठक दिनको २ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्न लागेको हो । आजको बैठकका लागि १० वटा कार्यसूचीहरू तय गरिएका छन् । बैठकमा सभापति रवि लामिछानेको मुद्दाको कानुनी अवस्थाको जानकारीसमेत गरी समसामयिक राजनीति, संवाद एवं सहकार्यका पहलबारे छलफल हुने प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार बैठकमा केन्द्रीय समितिको विस्तारित बैठकको समीक्षा, विस्तारित बैठकमा प्रस्तुत प्रतिवेदन परिमार्जनसहित पारित गरेर वाचापत्र कार्यदल…
"रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै"Category: राजनीती
जनकपुर । मधेश प्रदेश सभा बैठक आज बस्ने भएको छ । उपसभामुखबबिताकुमारी राउत ईशरले आज १ बजेका लागि बैठक आह्वान गरेकीछन् । आजको बेठकमा सभामुख रामचन्द्र मण्डलले पद अनुकूलआचरणनगरेको प्रस्तावमाथिछलफल गर्ने कार्य सूची रहेको छ । यसकालागि सम्पूर्ण प्रदेश सांसद र प्रदेशसभामाकार्यरत कर्मचारीहरुलाई अनिवार्य रुपमाउपस्थितहुनकालागिउपसभामुख ईशरले आग्रहसमेत गरेकीछन् । ७दलका ६४ जना सांसदले महाभियोग दर्ता गराएपछिको यो पहिलो बैठक बस्न लागेको हो । महाभियोग दर्ता भएको ७दिनभित्र बैठक बसीछलफल गर्नु पर्ने नियम रहेको छ ।…
"मधेश प्रदेश सभा बैठक बस्दै, सभामुखमाथि महाभियोग सम्बन्धी छलफल हुने"एजेन्सी । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफ्नो विरुद्धको फैसलाप्रति आपत्ति जनाएकी छिन् । फैसला लगत्तै प्रतिक्रिया दिँदै उनले लोकतान्त्रिक जनादेश नभएको अनिर्वाचित सरकारद्वारा स्थापित र अध्यक्षता गरिएको धाँधलीपूर्ण न्यायाधिकरणले गरेको निर्णय भनेकी छिन्। मानवता विरुद्धको अपराध मुद्दामा मृत्युदण्डको सजाय सुनाइएपछि भारत निर्वासनमा रहेकी हसिनाले फैसलालाई पक्षपाती, राजनीतिक रूपमा प्रेरित र लोकतान्त्रिक जनादेश बिनाको धाँधलीपूर्ण भनेकी छिन् । बंगलादेश अवामी लिगले जारी गरेको हसिनाको विज्ञप्तिमा उनले भनिन्, ‘मेरो विरुद्ध घोषणा गरिएका फैसलाहरू कुनै लोकतान्त्रिक जनादेश नभएको…
"मृत्युदण्डको फैसलाप्रति हसिना रुष्ट : पक्षपाती र राजनीतिक रूपमा प्रेरित निर्णय"दुर्गा प्रसाईं पक्राउको विरोधमा आजैदेखि सड्क संघर्ष गर्ने नागरिक बचाउ दलको घोषणाकाठमाडौं । विवादित मेडिकल व्यवसायी एवम् राजावादी अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । प्रसाईं पक्राउको बिरोधमा उनको संरक्षकत्वमा रहेको नागरिक बचाउ दलले आजैदेखि सड्क संघर्ष गर्ने घोषणा गरेको छ । सोमबार मात्र पत्रकार सम्मेलन गरी आगामी मंसिर ७ गते देश नै ठप्प पार्ने गरी आन्दोलनको तयारी गरिरहेको बताएका थिए । शान्ति सुरक्षामा खलल पु¥याउन खोजेको आरोपमा प्रसाईंलाई नेपाल प्रहरीले भक्तपुरको ठिमीस्थित उनको निवासबाटै…
"प्रसाईं पक्राउपछि नागरिक बचाउ दल सडक संघर्षमा"काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले चैत्र १५ गतेको प्रदर्शनपछिको घटनामा मृत्यु भएका पत्रकार सुरेश रजकको धर्मपत्नी सुजन रजकलाई सुरक्षण मुद्रण केन्द्रमा नियुक्त गरिएको बताएका छन् । मंगलबार मन्त्रालयमा सुरेशको परिवारहरुसँग भेट्दै उनले सुरेशको सन्दर्भमा केही गर्न पाएहुन्थ्यो भनेर मन्त्रालयमा कुरा भइरहेको भन्दै तत्कालका लागि सुरेशकी धर्मपत्नी सुजन रजक रोजगारी दिएर थोरै भएपनि सान्तवना दिन खोजेको बताए । उनले भने, ‘चैत्र १५ गतेको घटनामा सुरेशले जसरी काम गरिरहेका थिए, त्यो सबैले देखेकै हो…
"राजावादीहरुको प्रदर्शनमा मृत्यु भएका पत्रकार रजककी श्रीमतीलाई सरकारी जागिर"काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले जबसम्म सरकार र करदाता मिल्दैनन् तबसम्म कराधार विस्तार गर्न नसकिने बताएका छन् । सोमबार कर दिवसको अवसरमा बोल्दै अर्थमन्त्री खनालले नयाँ क्षेत्रमा कर लगाएर कराधार विस्तार नहुने भन्दै व्यवसायी गतिबिधि सहज तरिकाले विस्तार गरेर आर्थिक वृद्धि भयो भने कराधार स्वत विस्तार हुने धारण राखे । उनले भने,‘जबसम्म सरकार र कराधार मिल्दैनन् तबसम्म करदाता विस्तार हुँदैनन् । कराधार विस्तार गर्ने भनेको नयाँ क्षेत्रमा कर लगाएर होइन् । व्यवसायी गतिबिधि सहज तरिकाले…
"‘सरकार र व्यवसायी नमिलेसम्म कराधार विस्तार गर्न सकिँदैन्’"काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले २४ औं वार्षिक साधारण सभा आइतबार सम्पन्न गरेको छ । उक्त सभा काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बैंकका अध्यक्ष श्री राहुल अग्रवालको अध्यक्षतामा सम्पन्न भएको छ। सभाले बैंकको हाल कायम चुक्ता पूँजी रु। १४,०८,९९,८०,१९० मा आधारित रहेर ५ प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। त्यसैगरी, आर्थिक वर्ष २०८१÷८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वित्तीय विवरण, नाफा–नोक्सान विवरण, नगद प्रवाह विवरण, र…
"सिद्धार्थ बैंक लिमिटेडको २४ औं वार्षिक साधारण सभा सम्पन्न"काठमाडौं । नेपाली कांग्रेसको मंसिर १ गते बस्ने भनिएको केन्द्रीय कार्यसमितिको बैठक सारिएको छ । मंसिर १ गते सोमबार दिउँसो २ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी।पी। स्मृति भवन, बी।पी नगर, ललितपुरमा बस्ने भनिएकोमा उक्त बैठक मंसिर ४ गते बिहीबार दिउँसो २ः०० बजे बस्ने गरि सारिएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । उनले बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश कार्यसमितिका सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको पनि बताएका…
"कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंसिर ४ गतेलाई सर्यो"काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नेपालको संविधानका विषयमा गहन छलफल आवश्यक रहेको औंल्याएका छन् । उनले हालकै संविधानबाट देश र जनताको पक्षमा काम गर्नुपर्ने बताए । आइतबार आयोजित संघीय लोकतान्त्रिक गणतन्त्र : चुनौती र अवसर विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले संविधानमा कमीकमजोरी हुनसक्ने भन्दै संविधान संशोधनलगायतका विषयमा गहन छलफल गर्नुपर्ने बताएका हुन् । ‘संविधानको लामो अभ्यास गर्दै जाँदा यहाँभित्र पनि कमीकमजोरी छ कि यो संविधान पनि संशोधन गर्नुपर्छ कि, शासकीय स्वरुप, निर्वाचन प्रणाली…
"संविधान संशोधनलगायतका विषयमा गहन छलफल जरुरी भइसक्यो : मुख्मन्त्री बानियाँ"काठमाडौं । गृह मन्त्री ओम प्रकाश अर्यालले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । उनले दिउँसो तीन बजे गृह मन्त्रालयमा बस्नेगरी बैठक बोलाएका हुन् । बैठकमा शान्ति सुरक्षाको व्यवस्थाबारे छलफल हुने गृहमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा गृह मन्त्रालयका सचिव, नेपाली सेनाका एकजना रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख लगायत उपस्थित हुनेछन् ।
"गृहमन्त्रीले बोलाए केन्द्रीय सुरक्षा समितिको बैठक"



















