विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) कोशी प्रदेश कमिटिले स्थायी कमिटी सदस्य भानुभक्त ढकाल र पोलिटब्युरो सदस्य तथा युवा नेता महेश बस्नेतमाथि भएको आक्रमण प्रयासप्रति कडा आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेको छ । पार्टीले यस्तो गतिविधि लोकतान्त्रिक मूल्य, मानव अधिकार र संवैधानिक मर्यादामाथिको खुला प्रहार भएको बताएको छ । आइतबार काठमाडौंबाट विराटनगर विमानस्थल हुँदै इटहरीमा हुने युवा जागरण कार्यक्रममा जाँदै गर्दा विराटनगरमा युवाहरूले दुव्र्यवहार गर्दै रातो मसी छ्याप्ने, बाटो अवरुद्ध प्रयास गर्दै नाराबाजी समेत गरेका…
"महेश बस्नेत सहितका नेतामाथि विराटनगरमा भएको आक्रमण प्रयासप्रति एमालेको आपत्ति"Category: राजनीती
काठमाडौं । अन्तरिम सरकारका ऊर्जा, जलश्रोत, भौतिक योजना, यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङले विदेशमा बसोबास गर्ने नेपाली नागरिकलाई मताधिकार प्रदान गर्ने विषयलाई सरकारले गम्भीरतापूर्वक अघि बढाइ रहेको बताएका छन्। गैर आवासीय नेपाली संघ (एनआरएनए) को नागरिकता तथा भोटिङ राइट्स समितिद्वारा आइतबार आयोजित वेबिनारलाई सम्बोधन गर्दै मन्त्री घिसिङले सरकारले आवश्यक कानूनी तथा प्राविधिक प्रक्रिया अगाडि बढाइरहेको जानकारी दिए। मन्त्री घिसिङका अनुसार गृह मन्त्रालयले हाल दुई महत्त्वपूर्ण विषय—एनआरएन नागरिकता तथा विदेशी भूमिबाट मतदान अधिकारबारे गृहकार्य…
"विदेशमा रहेका नेपालीलाई मताधिकार दिलाउन सरकार गम्भीर : मन्त्री घिसिङ"विराटनगर । पूर्वमन्त्री तथा सांसद महेश बस्नेतमाथि विराटनगर विमानस्थलमा आक्रमणको प्रयास भएको छ । आज इटहरीमा आयोजित युवा संघ कोशी प्रदेशस्तरिय जनजागरण अभियानमा सहभागी हुन श्री एयरको उडानमार्फत विमानस्थल आइपुगेका बेला दुई युवाले बेलुनको लोला हान्दै दुव्र्यवहार गर्न खोजेका थिए । घटनापछि सुरक्षाकर्मीहरूले तत्काल नियन्त्रणमा लिएर अवस्था सामान्य पारेको मोरङ प्रहरीले जनाएको छ । पक्राउ परेका युवाहरू विराटनगर–२ का १९ वर्षीय अर्पित कुँवर र विराटनगर–१ का २५ वर्षीय संयोग गौतम रहेको प्रहरी स्रोतले पुष्टि गरेको…
"विराटनगर विमानस्थलमा पूर्वमन्त्री महेश बस्नेतमाथि आक्रमणको प्रयास, दुई युवक पक्राउ"काठमाडौं। भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तारको समग्र प्रगति ५० प्रतिशतपुगेको छ । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक—धुलिखेल खण्ड १५.८ किलोमिटर सडकलाई ६ लेनमाविस्तार गर्न दुई प्याकेजमाविभाजन गरी कामभइरहेको छ । यसअन्तर्गत सूर्यविनायकदेखि साँगासम्मको ८.३ किलोमिटर खण्डको प्रगति ४५ प्रतिशत रहेको छ । साँगादेखि धुलिखेलसम्मको ७.५ किलोमिटर सडक खण्ड विस्तार प्रगति ५५ प्रतिशत रहेको छ । हालदुवै प्याकेजको निर्माण धमाधमभइरहेको छ । ऊर्जा, जलस्रोत तथासिँचाइ, भौतिकपूर्वाधार तथायातायात र शहरी विकासमन्त्रीकुलमान घिसिङले सूर्यविनायक–धुलिखेल सडक विस्तारको अनुगमन गरी निर्माण…
"सूर्यविनायक—धुलिखेल सडक निर्माण कामलाई तिव्रता दिन मन्त्री घिसिङको आग्रह"बाजुरा । बाजुरामा १२ वटा मतदान केन्द्र थप गर्न सिफारिस गरिएको छ। जिल्ला निर्वाचन कार्यालय बाजुराले जिल्लामा १२ वटा मतदान केन्द्र थप गर्न सिफारिस गरेको हो ।जिल्लाका चार वटा पालिकामा १२ वटा मतदान केन्द्र थप गर्न निर्वाचन आयोगमा जिल्ला निर्वाचन कार्यालय बाजुराले सिफारिस गरेको हो ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागी निर्वाचन केन्द्र थप गर्न सिफारिस गरिएको हो । स्वामीकार्तिक खापर गाउँपालिका १ मा २ वटा, वडा नम्बर ३ मा २ वटा, हिमाली…
"बाजुरामा १२ वटा मतदान केन्द्र थप गर्न सिफारिसः ४ केन्द्र परिवर्तन गर्न आग्रह"काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नं। २३ को अनुगमन समितिले गरिरहेको जुद्ध बारुण यन्त्र कार्यालयको सवलीकरण (रेक्टोफिटिङ् एण्ड मेन्टिनेन्स) र वडा नम्बर २६ मा जडान गरिएको अण्डरग्राउण्ड फायर ड्राइराइजर कार्यको अनुगमन गरेको छ । अनुगमनका क्रममा निर्माण प्रक्रिया, निर्माण सामग्री र शैलीलगायत प्राविधिक र गुणस्तरको पक्ष हेरिएको थियो । बारुण यन्त्र कार्यालयको शैली, तत्कालीन निर्माण सामग्री जस्ता पक्षमा जानकारी लिएपछि समितिका संयोजक एवं महानगरपालिका उपप्रमुख सुनिता डंगोलले, निर्माण कार्य गर्ने पक्षले मापदण्ड र प्रक्रिया पालना…
"अनुगमनको त्रास त गलत नियत राख्नेहरुलाई मात्र हुन्छ : उपप्रमुख डंगोल"जनकपुर । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले जनकपुरधामस्थित निर्माणाधिन श्री राम जानकी बहुउद्येश्यि अन्तराष्ट्रिय रंगशाला मैदानको निरीक्षण गरेका छन् । शुक्रबार विहान मन्त्रीद्वय घिसिङ र गुप्ताले रंगशालाको निरीक्षण गर्नुका साथै मधेश प्रदेशका खेलकुद मन्त्रालयका पदाधिकारी र खेलकुद परिषदका सदस्यहरुसंग रंगशाला निर्माण बारे जानकारी लिएका छन् । निरीक्षण पश्चात खेलकुद मन्त्री गुप्ताले ११ औं राष्ट्रिय खेलकुद मधेश प्रदेशमै हुने भनिएकोले सो अनुसारको भौतिक संरचना निर्माण सम्पन्न…
"उर्जा मन्त्री घिसिङ र खेलकुद मन्त्री गुप्ताद्वारा जनकपुरधामको निर्माणाधिन रंगशालाको निरीक्षण"काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बाराको सिमरामा भएको घटना लोकतन्त्रमा कदापि स्वीकार्य नहुने बताएकी छन् । उनले सामाजिक सञ्जाल मार्फत सार्वजनिक सम्पत्तिको क्षति, विमानस्थलमा अवरोध वा कानुन हातमा लिने छुट कसैलाई नभएको बताएकी हुन् । उनले लेखेकी छन,‘म स्पष्ट पार्न चाहन्छु कि यस किसिमको अराजकता लोकतन्त्रमा कदापि स्वीकार्य छैन । युवाहरूको आक्रोश र राजनीतिक असन्तुष्टिलाई हामीले गम्भीरतापूर्वक लिएका छौँ । अभिव्यक्ति स्वतन्त्रताको सम्मान हाम्रो प्रतिबद्धता हो । तर यसको अर्थ सार्वजनिक सम्पत्तिको क्षति, विमानस्थलमा अवरोध…
"सिमरामा भएको घटना लोकतन्त्रमा कदापि स्वीकार्य हुँदैन : प्रधानमन्त्री कार्की"काठमाडौं । बाराको सिमरामामा मंसिर ३ गते उत्पन्न तनावपूर्ण घटनाप्रति नागरिक समूहले गम्भीर ध्यानाकर्षण गराउँदै आगामी फागुन २१ गते निर्धारित निर्वाचनमा प्रतिकूल असर पर्नसक्ने चेतावनी दिएको छ । नागरिक समूहका अध्यक्ष बिष्णुहरि दाहालले जारी गरेको विज्ञप्तिमा राजनीतिक स्थायित्व र निर्वाचनको तयारीको संवेदनशील चरणमै अराजक गतिविधि देखिनु लोकतान्त्रिक प्रक्रियामै आघात पुगेको उल्लेख छ । सिमरा विमानस्थलजस्तो संवेदनशील क्षेत्रमा भएको भिडन्त, कफ्र्यू आदेश जारी हुनुपरेको अवस्था, संरचनामा क्षति तथा दुवै पक्षबाट देखिएका असजिला व्यवहारले मुलुकलाई अनावश्यक संकटतर्फ…
"सिमरामाको घटनाबारे नागरिक समूहले भन्यो : निर्वाचन खतरामा पर्नसक्छ"काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले जेनजी आन्दोलनमा चलाइएको गोलीको जिम्मा ओलीले लिनुपर्छ भन्ने अभिव्यक्ति पार्टीविरुद्धको हमला भएको बताएका छन् ।मंगलबार विघटित प्रतिनिधि सभाका एमाले सांसदहरुको बैठकलाई सम्बोधन गर्दै ओलीले धरहरा मैले बनाए भन्नेले गोली चलेको जिम्मा पनि लिनुपर्छ भन्ने अभिव्यक्तिहरु आएको भन्दै आपत्ति जनाएका हुन् । उनले भने, ‘राजिनामा मात्र गरेर हुँदैन्, जिम्मा लिनुपर्छ भनेका छन् । हामीले सुनिरहेका छौँ, कतिपय मान्छेहरू धरहरा मैले बनाएँ भन्नेले गोली कसले चलायो भन्ने थाहा पाइन भन्न…
"जेनजी आन्दोलनको जिम्मा ओलीले लिनुपर्छ भन्ने अभिव्यक्ति पार्टीविरुद्धको हमला : ओली"




















