उच्च अदालतले सफाई दिए संगै पल शाह भोलि रिहा हुने ।

बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले अभियोगमा दाबी नपुग्ने भन्दै सफाइ दिएको छ । न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले ऊनी विरुद्धको अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो ।यो फैसला संगै शाह थुनामुक्त हुने भएका छन ।अदालती प्रकृयाका कारण शाह भोलि मात्र थुनामुक्त हुने बुझिएको छ ।

"उच्च अदालतले सफाई दिए संगै पल शाह भोलि रिहा हुने ।"

रणवीर रआलिया दम्पतीलाई पुत्रीलाभ

गत वैशाखमा विवाह बन्धनमा बाँधिएका आलिया र रणवीरले पुत्रीलाभ गरेपछि चौतर्फी बधाई मिलिरहेको छ ।आलिया भट्टले एच एन रिलायन्स फाउन्डेसन अस्पतालमा छोरीलाई जन्म दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आलिया रणवीरको साथआइतबार बिहानै डेलिभरीका लागि अस्पताल भर्ना भएकी थिइन् ।विवाहको केही महिनामै आलिया र रणवीरले आफूहरुले सन्तानलाई स्वागत गर्न लागिरहेको घोषणा गरेका थिए ।

"रणवीर रआलिया दम्पतीलाई पुत्रीलाभ"

सूर्योदयको दृश्य हेर्न मानुङकोटमा यस वर्षकै सबैभन्दा बढी पर्यटक

तनहुँ । सूर्योदय र कुहिरो हेर्न तनहुँको व्यास नगरपालिका–५ मानुङकोटमा पाँच हजार बढी पर्यटक पुगेका छन् । दमौली बजारलाई कुहिराले ढपक्क ढाकेको र सूर्योदयको दृश्य हेर्न यस वर्षकै सबैभन्दा बढी पर्यटक शनिबार मानुङकोट पुगेका हुन् । मानुङकोटमा शुक्रबार रातिदेखि नै पर्यटकको चहलपहल बढेको थियो । शुक्रबार राति नै मानुङकोट पुगेका पर्यटकले होटल तथा टेण्टमा रात बिताएका छन् भने शनिबार बिहानैदेखि पर्यटकको भीड बढेको स्थानीय युवा अनिल अधिकारीले जानकारी दिए । “यस वर्षको सबैभन्दा बढी भीड…

"सूर्योदयको दृश्य हेर्न मानुङकोटमा यस वर्षकै सबैभन्दा बढी पर्यटक"