कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित

दमौली । तनहुँ क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन् । पौडेले २५ हजार ३१८ मत ल्याएर निर्वाचित भएका हुन् । नेकपा एमालेका एकबहादुर रानालाई झण्डै ६ हजार मतान्तरले हराउँदै पौडेल निर्वाचित भएका हुन् । एमालेका रानाले १९ हजार ९४३ मत ल्याए । स्वतन्त्र उम्मेदवारी दिएका गोविन्दराज जोशीले ६ हजार ८७८, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ६ हजार ३२ र राप्रपाका विनोद घर्तीले २ हजार ४८३ मत ल्याएका छन्…

"कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित"

दाङ-२ मा शंकर पोखरेललाई पराजित गर्दै मा‌ओवादीकी रेखा शर्मा विजयी

दाङ क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवारसमेत रहेका महासचिव शंकर पोखरेल पराजित भएका छन्। यहाँ नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मा निर्वाचित भएकी हुन्। शर्माले २५ हजार ७ सय ९७ मत ल्याएकी छन् भने पोखरेलले २५ हजार पाँच सय ३३ मत ल्याएका छन्। उनीहरूबीच मतान्तर २६४ छ।

"दाङ-२ मा शंकर पोखरेललाई पराजित गर्दै मा‌ओवादीकी रेखा शर्मा विजयी"

ललितपुर–३मा स्वतन्त्र पार्टीकी उम्मेदवार डा तोसिमा कार्की चर्चामा

ललितपुर–३मा विभिन्न दलबाट १३ र सातजना स्वतन्त्र उम्मेदवार मतदाताको घरदैलोमा मत माग्न व्यस्त छन् । यस क्षेत्रमा मुख्य प्रतिस्पर्धामा पाँचदलीय गठबन्धनका तर्फबाट उम्मेदवार भएकी माओवादी केन्द्रकी उपमहासचिव भुसाल र नेकपा (एमाले) का उम्मेदवार अमृत खड्का छन् ।त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा तोसिमा कार्की पनि चर्चामा छिन् । भुसाल, खड्का र डा कार्कीबाहेक ललितपुर–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निरञ्जन थापाले उम्मेदवारी दिएका छन् । गोदावरी नगरपालिका–१२ र १४ ललितपुर महानगरपालिका–१, २, ३, ४, ५, १०,…

"ललितपुर–३मा स्वतन्त्र पार्टीकी उम्मेदवार डा तोसिमा कार्की चर्चामा"

आचारसंहिता र आयोगका निर्देशनहरूको अवज्ञा नगर्न प्रमुख आयुक्त थपलियाको आग्रह।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता र आयोगका निर्देशनहरूको अवज्ञा गर्ने दुस्साहस भएमा सैह्य नहुने बताउनुभएको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगले युवाहरूका संघसंस्था र युवा अभियन्तासँग आयोजना गरेको छलफल कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले राजनीतिक दल, उम्मेदवार, सार्वजनिक निकाय र सम्बन्धित पक्षले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र, भयरहितरुपमा सम्पन्न गराउन सघाउनुपर्ने बताउनुभयो । थपलियाले आचारसंहिताको उल्लघंन र निर्देशनको अवज्ञा भएमा उल्लंघनकर्तालाई महँगो पर्न सक्ने…

"आचारसंहिता र आयोगका निर्देशनहरूको अवज्ञा नगर्न प्रमुख आयुक्त थपलियाको आग्रह।"

ठूलो प्राकृतिक विपत्तिबाहेक अन्य कारणले मतदान स्थगित नहुने:प्रमुख आयुक्त

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनका सन्दर्भमा आज झापाको बिर्तामोडमा निर्वाचन आयोग, नेपाल र नेपाल कानुन समाजले आयोजना गरेको ‘निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरूको भूमिका” विषयक कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख आयुक्त थपलियाले ठूलो प्राकृतिक विपत्तिबाहेक अन्य कारणले मतदान स्थगित हुने अवस्था नहुने बताउनुभयो । उहाँले सुरक्षाका कारण वा राजनीतिक दलले कुनै पनि मतदातालाई प्रभाव पार्ने कुनियत राखेको खण्डमा त्यस्ता तत्व वा व्यक्तिलाई नियमसंगत…

"ठूलो प्राकृतिक विपत्तिबाहेक अन्य कारणले मतदान स्थगित नहुने:प्रमुख आयुक्त"

निर्वाचन आचारसंहिता कार्यान्वयनमा कडाई गरिएको छ:आयुक्त सगुन शम्शेर जबरा

निर्वाचन आयोगका आयुक्त सगुन शम्शेर जबराले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनलाई निष्पक्षरूपमा सम्पन्न गर्न निर्वाचन आचारसंहिता कार्यान्वयनमा कडाई गरिएको बताउनुभएको छ । निर्वाचन आयोगद्वारा जनकपुरधाममा आयोजित मधेश प्रदेशस्तरीय मिडिया अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै आयुक्त जबराले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन आचारसंहिता कार्यान्वयनमा थप कडाई गरिएको बताउनुभयो । ‘स्वच्छ, निष्पक्ष र भयरहित वातारणमा निर्वाचन सम्पन्न गर्न आयोगले दृढतापुर्वक अघि बढेको छ’, आयुक्त जबराले भन्नुभयो, ‘यसका लागि सबै पक्षले…

"निर्वाचन आचारसंहिता कार्यान्वयनमा कडाई गरिएको छ:आयुक्त सगुन शम्शेर जबरा"

निर्वाचन केन्द्रित सुरक्षालाई चुस्त बनाउन मुख्यमन्त्री राउतको निर्देशन

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन केन्द्रित सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त बनाउन सुरक्षा अधिकारीलाई निर्देशन दिएका छन् ।  आज सङ्घीय गृह मन्त्रालय र मधेस सरकार गृह तथा सञ्चार मन्त्रालयको संयुक्त आयोजनामा जनकपुरधाममा सम्पन्न प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उनले खुला सीमानाका साथै आन्तरिक तिक्तताले निर्वाचनमा हुनसक्ने खतरा औँल्याउँदै मुख्यमन्त्री राउतले सचेत रहन निर्देशनसमेत दिए । निर्वाचन आयोगको आचारसंहिताले निर्वाचनलाई व्यवस्थित र मर्यादित बनाउन ठूलो भूमिका खेलेको उल्लेख गर्दै उनले आचारसंहिताको सूक्ष्म कार्यान्वयन, सामाजिक…

"निर्वाचन केन्द्रित सुरक्षालाई चुस्त बनाउन मुख्यमन्त्री राउतको निर्देशन"

महोत्तरी–१ मा चुनावी चहलपहल बढ्दै

निर्वाचन प्रचार–प्रसारका लागि सभा, सम्मेलन खुला प्रचार अभियान खुलेसँगै महोत्तरी–१ प्रतिनिधिसभामा चुनावी चहलपहल बढेको छ ।  निर्वाचन आयोगले जारी गरेको आचारसंहिता अनुरूप कात्तिक १७ देखि निर्वाचनका लागि उम्मेदवार र दलले खुला प्रचार गर्न पाउने अवधि सुरु भएपछि यहाँ चुनावी चहलपहल ह्वात्तै बढेको हो । निर्वाचन क्षेत्रका बस्ती बस्तीमा दल र उम्मेदवारका निर्वाचन चिह्नका प्रचार गीत र नाराका स्वर सुनिन थालेका छन् । दल र उम्मेदवारले समूहमा घरदैलो र बस्ती बस्तीमा कोणसभाका कार्यक्रम अघि बढाएका छन्…

"महोत्तरी–१ मा चुनावी चहलपहल बढ्दै"