काठमाडौं । इलाम-२ र बझाङमा उपनिर्वाचनको मतदान जारी रहेको छ । अहिलेसम्म इलाम-२ मा ४२ प्रतिशत मतदान भएको छ भने बझाङ प्रदेश सभा(१ मा ३५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले इलाममा अहिलेसम्म ४९ हजार मत खसेको जानकारी दिएको छ । आज बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म हुने आयोगले जनाएको छ । अहिलेसम्म मतदान शान्तिपूर्ण रुपमा संचालन भइरहेको छ ।
"इलाम र बझाङको उपचुनावमा मतदान हुदै"Category: चुनाव
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्ले फराकिलो मतान्तरसहित विजयी भएका छन्। हालै नेपाली कांग्रेस परित्याग गरी रास्वपाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका वाग्लेले कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार ३ सय ८८ मतले हराएका हुन्। वाग्लेले ३४ हजार ४ सय ८० मत ल्याउँदा भट्टराईले २० हजार ९२ मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा रहेका नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ५ सय ५५ मत प्राप्त गरेका छन्। तनहुँ-१ मा १ लाख २३ हजार ३ सय ५…
"डा. स्वर्णिम वाग्ले तनहुँ -१ मा फराकिलो मतान्तरसहित विजयी "तनहुँ । आगामी बैशाख १० मा हुने उपनिर्वाचनका लागि तनहुँ १ मा नेपाली कांग्रेसकातर्फबाट गोविन्द भट्टराईले मनोनयन दर्ता गरेका छन् ।उनको प्रस्तावकमा श्यामकुमार मौराती र समर्थकमा सरिता गुरुङ छन् । यहाँ नेकपा एमालेबाट सर्वेन्द्र खनालले मनोनयन दर्ता गराइसकेका छन् भने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्लेले पनि मनोनयन दर्ता गराउँदै छन् ।
"नेपाली कांग्रेसकातर्फबाट गोविन्द भट्टराईले गरे तनहुँ १ मा मनोनयन दर्ता"काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन–२ बाट उमेदवारी दर्ता गराएका छन् । उनले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सुरुमै उम्मेदवारी दर्ता गराएका हुन् । वैशाख १० गते हुने उपनिर्वाचनका लागि रविले चितवन–२ बाट उमेदवारी दिएका हुन् । गत प्रतिनिधि सभा चुनावमा उनी सोही क्षेत्रबाट भारी मतसहित निर्वाचित भएका थिए । उनले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सुरुमै उम्मेदवारी दर्ता गराएका हुन् । सोही क्षेत्रबाट सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा एमालेका रामप्रसाद न्यौपाने, राप्रपाका…
"रास्वपा सभापति रवि लामिछानेले दर्ता गराए चितवन २ बाट उम्मेदवारी"काठमाडौं। सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्दै छ। मन्त्रिपरिषदको पूर्णता, उपनिर्वाचन, समयसमायिक राजनीतिक बिषयमा छलफल गर्नका लागि कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।बैठकले बारा क्षेत्र नम्बर २ मा हुने उपचुनावमा पार्टीका तर्फबाट उठ्ने उम्मेदवारबारे निर्णय गर्ने बताइएको छ। यसअघि यही चैत १६ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले चितवन २ मा जितनारायण श्रेष्ठ र तनहुँ १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने केन्द्रीय समितिको निर्णयलाई अनुमोदन गरिसकेको…
"कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै"काठमाडौं । नेपाली कांग्रेसले खाली रहेको तनहुँ क्षेत्र नम्बर–१ मा केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई र चितवन–२ मा जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । बिहीबार पार्टी कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकले उपनिर्वाचनका लागि २ क्षेत्रका उम्मेदवारको टुंगो लगाएको हो । नेपाल विद्यार्थी संघको ०५४ सालदेखि ०५७ सालसम्म अध्यक्ष भएर काम गरेका भट्टराई अहिले पार्टीका केन्द्रीय सदस्य छन् । भट्टराई अहिलेसम्म सार्वजनिक लाभको पदमा बसेका छैनन् ।श्रेष्ठ नेविसंघ चितवनका पूर्वअध्यक्ष र कांग्रेसका निवर्तमान जिल्ला सभापपति…
"कांग्रेसले तनहुँ–१ मा गोविन्द भट्टराई र चितवन–२ मा जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने"निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचित सांसदहरूलाई आज प्रमाणपत्र वितरण गरेको छ । आयोगको कान्तिपथस्थित परिसरमा आयोजित समारोहमा माननीय प्रमुख निर्वाचन आयुक्त श्री दिनेश कुमार थपलियाले निर्वाचित सांसदहरूलाई खादा लगाएर बधाई ज्ञापन गर्नुभयो भने उक्त प्रणालीका मुख्य निर्वाचन अधिकृत एवं आयोगका सचिव श्री गोकर्णमणि दुवाडीले प्रतिनिधि सभा र सातै प्रदेशका प्रदेश सभामा विभिन्न राजनीतिक दलका तर्फबाट निर्वाचित सदस्यलाई प्रमाणपत्र वितरण गर्नुभयो …
"समानुपातिकतर्फका निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण"काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजा आज बुधबार सार्वजनिक गर्ने भएको छ । ४ मंसिरमा भएको निर्वाचनको अन्तिम नतिजा घोषणा गर्न आयोगले आज मध्याह्न साढे १ बजे पत्रकार सम्मेलन आयोजना गरिएको जनाएको छ । आयोगले आज प्रतिनिधिसभातर्फ १ सय ६५ र प्रदेशसभातर्फ ३ सय ३० क्षेत्रसँगै समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गर्न लागेको हो ।आयोगले निर्वाचन अन्तिम नतिजा घोषणापछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने छ । त्यसपछि राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनका लागि…
"निर्वाचन आयोगले निर्वाचनको अन्तिम नतिजा आज सार्वजनिक गर्ने"काठमाडौं, २७ मंसिर । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको अन्तिम सूची आज सार्वजनिक गर्ने तयारी गरेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अुनसार गत सोमबार दलहरूले बुझाएको अन्तिम सूची रुजु गर्ने काम सकिएको छ । आज नामावली सार्वजनिक हुनेछ । आयोगले समानुपातिकतर्फको सिट निर्धारण यसअघि नै गरिसकेको छ । जसअनुसार प्रतिनिधिसभामा एमालेले ३४, कांग्रेसले ३२, माओवादीले १४, स्वतन्त्र पार्टीले १३, राप्रपाले ७ तथा जसपा र जनमतले ५(५ सिट पाएका छन् ।
"निर्वाचन आयोगले आज समानुपातिकतर्फको अन्तिम सूची सार्वजनिक गर्ने"काठमाडौं। निर्वाचन आयोगले नेकपा एमालेलाई समानुपातिक सांसदको नाम छनोटमा पुनः मौका दिने भएको छ। १ नम्बर प्रदेश र मधेश प्रदेशमा क्लस्टर र क्रम नमिलेको भन्दै आयोगले सच्याउन सोमबार ४ बजेसम्मको समय दिएको हो। तर एमालेले पुरानै सूचीलाई कायम गर्न अयोगलाई पत्राचार गरेपछि नसच्याए सांसद विजयी भएको घोषणा नगर्ने चेतावनी दिएको हो। एमालेले उम्मेदवारको नामावली नेपालको संविधान, प्रचलित कानुन तथा समानुपातिकतर्फको उम्मेदवारको बन्दसूचीको क्रम अनुरूप रहेकाले उक्त पेस गरेको नामावली यथावत् कायम गरिदिन आयोगलाई पत्र पठाएको थियो…
"निर्वाचन आयोगले नेकपा एमालेलाई समानुपातिक सांसदको नाम छनोटमा पुनः मौका दिने"


















