दोधारा चाँदनी (कञ्चनपुर)।कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ की पूजा शाही १३ महिनाको छोरालाई खोप लगाउन महाकाली प्रादेशिक अस्पताल पुगेकी थिइन्। स्वास्थ्यकर्मीले शिशु दुब्लो देखेपछि तौल जाँच गरिएको थियो। तौल ६ किलो ४०० ग्राम मात्र नापिएपछि उनलाई पोषण पुनःस्थापना गृहमा भर्ना गरियो। उमेरअनुसार शिशुको तौल ११ किलो हुनुपर्ने स्वास्थ्यकर्मीले बताए। पूजा हाल दुई सातादेखि पुनःस्थापना गृहमा छोराको उपचार गराइरहेकी छन्। दिनमा चारपटक पोषणयुक्त खाना खुवाइने भएकाले शिशुको १० दिनमा ७ सय ग्राम तौल बढिसकेको उनले बताइन्।यस्तै, भीमदत्त–बागबानीकी गीता…
"कञ्चनपुरमा बालबालिकामा कुपोषण बढ्दो"Category: स्वास्थ्य
त्रिभुवन विश्वविद्यालयको जंगल परिसरमा सुन्दर पार्क निर्माणका लागि मन्त्री पुनले गरे श्रमदानको आह्वान
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालय किर्तिपुरको जंगल परिसरभित्र सुन्दर पार्क निर्माणका लागि स्थानीय बासिन्दा र विश्वविद्यालयका विद्यार्थीहरूलाई श्रमदान गर्न आह्वान गरेका छन् । मन्त्री पुनका अनुसार किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको करिब ३५० रोपनी क्षेत्रफलमा फैलिएको जंगलभित्र रहेको झाडीलाई श्रमदाताहरूले २५ दिनको श्रमदानमार्फत प्रायः फडानी गरिसकेका छन् । उनका अनुसार, यो कार्यमा सहभागी श्रमदाताहरू मध्ये अधिकांश बाहिरी जिल्लाबाट आएका विद्यार्थि स्वयंसेवकहरू हुन् । पुनले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै लेखेका छन्,…
"त्रिभुवन विश्वविद्यालयको जंगल परिसरमा सुन्दर पार्क निर्माणका लागि मन्त्री पुनले गरे श्रमदानको आह्वान"रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकामा भाइरल फ्लुको संक्रमण तीव्र गतिमा फैलिँदै गएको छ । गाउँपालिकाभित्रका विद्यालयहरूमा विद्यार्थी सामूहिक रूपमा बिरामी परेपछि जनस्वास्थ्यमा चुनौती बढेको छ । भाइरल संक्रमणका बिरामीहरू बढेपछि उमाकुण्ड–४, प्रितीस्थित चण्डेश्वरी माध्यमिक विद्यालय तीन दिनका लागि बन्द गरिएको छ । विद्यालयका प्रधानाध्यापक रुद्रकुमार जेस्पुचाका अनुसार मंगलबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले सङ्क्रमणको जोखिम नियन्त्रणका लागि कार्तिक २६ देखि २८ गतेसम्म पठनपाठन स्थगित गर्ने निर्णय गरेको हो । विद्यालयमा कक्षा १ देखि १२ सम्म…
"रामेछापको उमाकुण्डमा भाइरल फ्लुको संक्रमण हुँदा विद्यालय बन्द"वीरगञ्ज । संस्थागत क्षमता मूल्यांकनमा जिल्लामै उत्कृष्ट र मधेस प्रदेशमा दोस्रो स्थान हासिल गरेको पटेर्वा सुगौली गाउँपालिकाले आफ्ना बासिन्दाका लागि औषधि उपचारका क्षेत्रमा निरन्तर प्रभावकारी काम गर्दै आएको छ। पालिकाले आयोजना गरेको निःशुल्क आँखा शिविरमा आइतबार १६४ जना बिरामीको मोतिविन्दुको शल्यक्रिया (अपरेशन) गरी सकुशल घर फिर्ता पठाइएको छ।तिलगंगा आँखा उपचार केन्द्र, निचुटाको आयोजनामा शनिबार उपचारका लागि आएका विभिन्न पाँच पालिकाका बिरामीहरूको निःशुल्क शल्यक्रिया गरी घर फिर्ता पठाइएको हो । सामुदायिक आँखा अस्पताल मकवानपुर र तिलगंगा…
"पटेर्वा सुगौलिद्वारा पाँच पालिकाका बासिन्दालाई मोतिविन्दुको निःशुल्क उपचार"हेटौंडा । बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले प्रदेशभित्रका स्वास्थ्य संस्थामा भइरहेको औषधि तथा स्वास्थ्य सामग्री खरिदसम्बन्धी अनियमितता रोक्न कडा कदम चालेको छ। मन्त्रालयले अबदेखि १० लाख रुपैयाँसम्मका औषधि, सर्जिकल सामग्री र उपकरण खरिदमा पनि अनिवार्य रूपमा बोलपत्र प्रक्रिया अपनाउनुपर्ने८८ व्यवस्था गरेको छ। यसअघि जिल्ला अस्पतालहरूले २० लाख रुपैयाँसम्मका सामग्री सिंधा खरिद गर्न सक्ने प्रावधानमा टेकेर महिनैपिच्छे टुक्रा–टुक्रा पारेर बिचौलियाको दबाबमा सामान खरिद गर्ने गरेको गुनासो बढेपछि मन्त्रालयले यो निर्णय गरेको हो । बागमती प्रदेशका स्वास्थ्यमन्त्री…
"अब १० लाखसम्मको औषधि खरिदमा पनि अनिवार्य बोलपत्र"बाजुरा । बाजुराको पुर्वि उत्तरी क्षेत्रको बुढिनन्दा नगरपालिका १ कोल्टीमा रहेको कोल्टी आधारभूत अस्पतालमा बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । दुर्गमका नागरिकको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै शिविर सञ्चालन गर्न लागिएको बुढिनन्दा नगरपालिका स्वास्थ्य शाखा प्रमुख ओमजंग शाहीले बताए । उनका अनुसार,एक एक पाइला, गेटा आँखा अस्पताल र बुढीनन्दा नगरपालिका बीचको समन्वयमा शिविर सञ्चालन गर्न लागिएको हो । शिविर सञ्चालनले दुर्गमका नागरिकको स्वास्थ्य उपचारमा सहयोग पुग्ने विश्वास लगिएको शाहीले बताएका छन् । साथै…
"बाजुराको कोल्टी आधारभूत अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने"काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले सोमबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) को अवलोकन गरेकी छन् । उनले अवलोकनका क्रममा जेनजी आन्दोलनमा घाइते भएका व्यक्तिहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन् । मन्त्री शर्मा गौतमले अस्पताल पुगेर तीन जना घाइते भेटेकी थिइन् । उनले भनिन्, ‘म टिचिङ अस्पतालमा घाइतेहरूको अवस्था बुझ्न आएकी हुँ। जेनजी आन्दोलनमा घाइते भएका तीन जना यहाँ हुनुहुँदो रहेछ। उहाँहरूको उपचारमा कुनै कमी छैन, राम्रोसँग उपचार भइरहेको छ ।’…
"स्वास्थ्य मन्त्री शर्माले लिइन् जेनजी आन्दोलनका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी"रामेछाप । रामेछापको मन्थलीस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा हरेक सोमबार निःशुल्क होलबडी चेकअप (पूर्ण शरीर स्वास्थ्य परीक्षण) कार्यक्रम सञ्चालन हुने गरेको छ ।वाग्मती प्रदेश सरकारको ‘मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम’ अन्तर्गत सञ्चालित यो सेवा प्रदेश स्वास्थ्य मन्त्रालयको पहिलो प्राथमिकतामा परेको चिकित्सालयका निमित्त प्रमुख दीपक कार्कीले जानकारी दिए । उनका अनुसार सोमबारको निःशुल्क स्वास्थ्य परीक्षणमा ल्याब सेवा, चिकित्सक परामर्श र आवश्यक औषधि वितरणसम्मका सबै सेवा निःशुल्क पाउने व्यवस्था गरिएको छ । ‘प्रत्येक सोमबार बिहान स्वास्थ्यकर्मीहरूको टोलीले…
"मन्थलीमा हरेक सोमबार निःशुल्क पूर्ण शरीर स्वास्थ्य परीक्षण सेवा सञ्चालन"सुर्खेत । फिरन्त जीवन जिउँदै आएका लोपोन्मुख राउटे समुदायका अधिकांश बिरामी परेका छन् । लेकवेशी नगरपालिका–८ मा बस्दै आएका राउटे समुदायमा विरामीको सख्या बढ्दै गएको छ । पछिल्लो एक हप्तामा यो समुदायका २५ जना विरामी छन् । अस्पतालमा गएर उपचार गर्न नमान्ने राउटे समुदामा बिरामीको संख्या बढ्दै गए पछि समस्या देखिएको छ ।सुरुमा दुई जना बिरामीबाट सुरु भएको संक्रमण २५ जनामा फैलिएको राउटेकी उपचारमा खटिएका स्वास्थ्यकर्मी अनुजा पन्तले बताइन् । बस्तीमा बिरामी पर्ने राउटेको संख्या…
"राउटे समुदायमा बिरामीको संख्या बढ्दै, उपचार गर्न नमान्दा समस्या"गोरखा । पालुङटार नगरपालिकाका गर्भवतीलाई विगत दुई महिनादेखि क्याल्सियम र आइरन चक्कीको अभाव छ । नगरपालिकाले समयमै खरिद नगर्दा पालिकाभरका गर्भवतीले नियमित रूपमा सेवन गर्नुपर्ने क्याल्सियम र आइरन चक्की खान नपाएका स्वास्थ्यचौकीका इन्चार्जहरूले बताएका छन् । विगत दुई महिनादेखि गर्भवतीलाई क्याल्सियम र आइरन चक्की दिन नपाएको नगरपालिकाको केन्द्र ठाँटीपोखरी बजारमा अवस्थित वडा नं ५ को स्वास्थ्यचौकीले जनाएको छ । “केही महिनादेखि नै आइरन चक्की र क्याल्सियमको अभाव भइरहेको छ । दुई महिनायता ठप्पै छ”, ठाँटीपोखरी…
"गर्भवतीलाई क्याल्सियम र आइरन चक्की अभाव"


















