काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले छठसहितका चाडपर्वहरूले नेपाली समाजमा सामाजिक एकता, सद्भाव र भ्रातृत्व सुदृढ गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताएकी छन् ।छठ पर्वको अवसरमा जारी शुभकामना सन्देशमा प्रधानमन्त्री कार्कीले हालको अवस्थामा सबै नेपालीबीच अझ बढी एकता र सहकार्यको आवश्यकता रहेको उल्लेख गरेकी छन् । उनले भनिन्, ‘छठसहित हाम्रा चाडपर्वहरू हाम्रो सामाजिक एकता, सद्भाव र भ्रातृत्वका मानक पनि हुन् । अहिलेको अवस्थामा हामी सबै नेपालीबीच अझै बढी एकता र सद्भावको खाँचो छ ।’प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनपछि…
"छठ पर्वको सन्देश दिँदै प्रधानमन्त्री कार्कीले भनिन्– सबै नेपालीबीच एकताको खाँचो अझ बढी छ"Author: लोकनीति अनलाइन
बाजुरा । बाजुराको पुर्वि उत्तरी क्षेत्रको बुढिनन्दा नगरपालिका १ कोल्टीमा रहेको कोल्टी आधारभूत अस्पतालमा बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । दुर्गमका नागरिकको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै शिविर सञ्चालन गर्न लागिएको बुढिनन्दा नगरपालिका स्वास्थ्य शाखा प्रमुख ओमजंग शाहीले बताए । उनका अनुसार,एक एक पाइला, गेटा आँखा अस्पताल र बुढीनन्दा नगरपालिका बीचको समन्वयमा शिविर सञ्चालन गर्न लागिएको हो । शिविर सञ्चालनले दुर्गमका नागरिकको स्वास्थ्य उपचारमा सहयोग पुग्ने विश्वास लगिएको शाहीले बताएका छन् । साथै…
"बाजुराको कोल्टी आधारभूत अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने"काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले सोमबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) को अवलोकन गरेकी छन् । उनले अवलोकनका क्रममा जेनजी आन्दोलनमा घाइते भएका व्यक्तिहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन् । मन्त्री शर्मा गौतमले अस्पताल पुगेर तीन जना घाइते भेटेकी थिइन् । उनले भनिन्, ‘म टिचिङ अस्पतालमा घाइतेहरूको अवस्था बुझ्न आएकी हुँ। जेनजी आन्दोलनमा घाइते भएका तीन जना यहाँ हुनुहुँदो रहेछ। उहाँहरूको उपचारमा कुनै कमी छैन, राम्रोसँग उपचार भइरहेको छ ।’…
"स्वास्थ्य मन्त्री शर्माले लिइन् जेनजी आन्दोलनका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी"काठमाडौं । प्रभु बैंक लिमिटेडले विभिन्न १० जना संस्थापक शेयरधनीहरुको नाममा रहेको ४ लाखभन्दा बढी संस्थापक शेयर आम सर्वसाधारणका लागि बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेको ४ लाख २२ हजार ८०७ कित्ता संस्थापक शेयर आजदेखि बिक्री खुला गरेको हो । यसअघि बैंकले विद्यमान संस्थापक शेयरधनीका लागि ३५ दिने सूचना प्रकाशित गरी शेयर बिक्रीका लागि प्रस्ताव गरेको थियो । तर सो अवधिभित्र कुनै पनि आवेदन नआएपछि अब यी शेयरहरू आम सर्वसाधारणका लागि खुला…
"प्रभु बैंकको ४ लाखभन्दा बढी संस्थापक शेयर आम सर्वसाधारणका लागि बिक्रीमा"काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले छठ पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै यस वर्ष दशैं, तिहार र नेपाल संवत्का साथै छठ पर्वका सार्वजनिक कार्यक्रमहरूमा सहभागी हुन नसकेको जानकारी दिए । थापाले काठमाडौं र मधेशका छठ पर्व आयोजकहरूलाई निम्तो दिएकोमा आभार व्यक्त गर्दै क्षमायाचना पनि गरेका छन् । उनले लेखेका छन्, ‘मलाई निम्तो गर्नु भएका काठमाडौं र मधेशका सबै छठ आयोजक मित्रहरूलाई हार्दिक आभार प्रकट गर्दछु…
"कांग्रेस महामन्त्री गगन थापाद्वारा छठ पर्वको शुभकामना"काठमाडौं । ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका सिँचाइतर्फका १२ रुग्ण ठेक्का तोडिएको छ । साविकको जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नं २ जलेश्वर महोत्तरी अन्तर्गतका १२ रुग्ण ठेक्का तोडिएको छ । बबई सिँचाइ आयोजनाका ६ रुग्ण ठेक्का तोड्न ३० असोजमा १५ दिने सार्वजनिक सूचना प्रकाशित भइसकेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति…
"सिँचाइका १२ रुग्ण ठेक्का तोडियो"काठमाडौं कात्तिक ९,। नेपाली बजारमा आइतबार् सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको हो । यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । तिहार बिदाअघि कात्तिक ३ गते छापावाल सुन प्रतितोला दुई लाख ५३ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो । चाँदीको मूल्य पनि तोलामा २६५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला तीन हजार १५ रुपैयाँमा…
"सुनको मूल्य घट्यो, कतिमा हुदैँछ किनबेच ?"काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले तेस्रोपटक मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी छन् ।मन्त्रिपरिषद् विस्तार भएसँगै चारजना मन्त्रीहरुको नाम तय भएको हो । तय भएकाहरुमा जसमा सुधा गौतम स्वास्थ्य तथा जनसंख्या मन्त्री, गणपतिलाल श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री, खगेन्द्र सुनार श्रम तथा रोजगार मन्त्री र बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्री बन्ने भएका छन् । चारै मन्त्रीलाई आजै शपथ खुवाउने तयारी छ ।
"प्रधानमन्त्री कार्कीद्वारा तेस्रोपटक मन्त्रिपरिषद् विस्तारको तयारी"काठमाडौं । छठ पर्वको दोस्रो दिन आज व्रतालुहरू ‘खरना’ विधिको तयारीमा जुटिसकेका छन् । कात्तिक शुक्ल चतुर्थी तिथिका दिन ‘नहाय–खाय’ विधिबाट सुरु भएको छठ पर्व आज पञ्चमी तिथिका दिन ‘खरना’ विधि गरिन्छ । सूर्योदयपूर्व स्नान गरी दिनभरि निराहार उपवास (व्रत) बसेर राति सक्खरमा पकाइएको खीर कुलदेवता र छठी देवीलाई चढाइन्छ । व्रतालुले कुलदेवता र छठी देवीलाई चढाएको खीर प्रसादस्वरुप खाने चलन छ, त्यस विधिलाई नै मिथिलामा ‘खरना’ भनिन्छ । छठ महापर्वको पहिलो दिन अर्थात् कात्तिक…
"छठ पर्वको दोस्रो दिन आज ‘खरना’ विधि गरिँदै"काठमाडौं । अमेरिकाको टेक्सासमा सम्पन्न ‘बिजनेस एण्ड इन्भेष्टमेन्ट कन्क्लेभ २०२५’ मा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपालको आर्थिक सम्भावना र लगानीका अवसरबारे प्रष्ट पार्दै अमेरिकामा रहेका नेपाली व्यवसायीहरूलाई नेपालमा लगानी गर्न आह्वान गरेका छन् । ढकालले अमेरिकामा रहेका नेपाली व्यवसायी, लगानीकर्ता र सञ्चारकर्मीहरूलाई सम्बोधन गर्दै नेपालमा जलविद्युत्, पर्यटन, कृषि, सूचना प्रविधि, पूर्वाधार र वित्तीय सेवा लगायतका क्षेत्रमा विशाल सम्भावना रहेको बताए । उनले भने, ‘नेपालमा लगानीका लागि अनुकूल वातावरण बनाउन सरकारसँग मिलेर महासंघ…
"नेपालमा लगानी गर्न अमेरिकास्थित नेपाली व्यवसायीहरुलाई ढकालको आग्रह"




















