एसबिआई बैंकका अध्यक्ष कुंचाले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं। नेपाल एसबिआई बैंक लिमिटेडका संचालक समितिका अध्यक्ष वेंकट वंसीधर कुंचाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। नेपाल राष्ट्र बैंकका गर्भनर प्रा.डा. विश्वनाथ पौडेलले शुक्रबार बालुवाटारस्थित केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहमा अध्यक्ष कुंचालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्। नेपाल एसबिआई बैंकको संचालक समितिको कात्तिक १४ गते बसेको ५३६औं बैठकले स्टेट बैंक अफ इण्डियाको प्रतिनिधित्व गर्दै आएका कुंचालाई सर्वसम्मतिपूर्वक अध्यक्षमा चयन गरेको थियो। कुंचा हाल भारतको मुम्बईस्थित स्टेट बैंक अफ इण्डिया (एसबीआई) को…

"एसबिआई बैंकका अध्यक्ष कुंचाले लिए पद तथा गोपनीयताको शपथ"

गत जनवरीदेखि अक्टोबरसम्म नौ लाख ४३ हजार ७१६ जना पर्यटक नेपाल भित्रिए

काठमाडौं । यस वर्षको अक्टोबर महिनामा एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो महिना पर्यटकीय यामसमेत भएकाले पर्यटकको आवागमन उल्लेख्य देखिएको छ । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, दक्षिण एशियाबाट २९ हजार ६०, एशियाका अन्य देशबाट २३ हजार १२७, यूरोपबाट ४० हजार ५००, ओसियाना ६ हजार ८१४, अमेरिका १६ हजार ४०७, मध्यपूर्व तीन हजार ५४८, अफ्रिका ४४३ र अन्य देशबाट आठ हजार ४४४ पर्यटक नेपाल आएका छन् ।…

"गत जनवरीदेखि अक्टोबरसम्म नौ लाख ४३ हजार ७१६ जना पर्यटक नेपाल भित्रिए"

जनार्दन शर्माद्वारा पार्टी एकता प्रक्रियामा असहमति : ‘पहिले नेतृत्व हस्तान्तरण हुनुपर्छ’

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अघि बढाइरहेको पार्टी एकता प्रक्रियाप्रति असहमति जनाएका छन् । शर्माले वर्तमान एकता प्रयास जेनजी आन्दोलनको भावना विपरीत रहेको बताएका छन् । शर्माले भने, ‘माधवजीसँग पार्टी एकता गरे भने म जान्नँ, म पार्टी पुनर्गठन गर्छु । मैले यो कुरा भनिदिएको छु ।’ उनले पार्टीलाई सुदृढ बनाउने कुरा गरेको स्पष्ट गर्दै भने, ‘आफ्नो पार्टी फुटाउने र अर्को पार्टी ल्याएर एकता गर्छु भन्ने कुरा एकता…

"जनार्दन शर्माद्वारा पार्टी एकता प्रक्रियामा असहमति : ‘पहिले नेतृत्व हस्तान्तरण हुनुपर्छ’"

प्रचण्ड र गोपाल किरातीबीच ऐतिहासिक एकता घोषणा

काठमाडौं । नेपाली राजनीतिमा देखा परिरहेको अस्थिरता र जोखिमपूर्ण परिस्थितिलाई सम्बोधन गर्ने उद्देश्यले नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड र देशभक्त समाजवादी मोर्चाका अध्यक्ष गोपाल किरातीबीच महत्वपूर्ण सहमति भएको छ। दुई नेताले संयुक्त रूपमा एक विज्ञप्ति जारी गर्दै क्रान्तिकारी शक्तिहरूबीचको एकता र ध्रुवीकरणलाई आजको प्राथमिक राजनीतिक कार्यका रूपमा अघि बढाउने निर्णय सार्वजनिक गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘जनयुद्धका बेला हरेक प्रतिकूलतालाई अनुकूलतामा बदल्ने नीति अन्तर्गत देशका कान्तिकारीहरूबीच एकता र ध्रुवीकरण प्राथमिक कर्तव्य बनेको…

"प्रचण्ड र गोपाल किरातीबीच ऐतिहासिक एकता घोषणा"

अफगानिस्तानको भुकम्पमा ५ जनाको ज्यान गयो, १४३ जना घाइते

काठमाडौं । अफगानिस्तानको विभिन्न प्रान्तहरूमा सोमबार राति गएको ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने १४३ जना घाइते भएका छन् । त्यहाँको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार भूकम्प स्थानीय समयअनुसार राति १ बजे तिर गएको हो । प्राधिकरणले जारी गरेको विज्ञप्तिमा भूकम्पले देशका उत्तरपश्चिम, मध्य, पश्चिम, उत्तर, उत्तर–पूर्व तथा पूर्वी क्षेत्रमा धक्का दिएको उल्लेख छ । प्रारम्भिक जानकारीअनुसार भूकम्पको केन्द्रबिन्दु समंगन प्रान्तमा रहेको र त्यहीँ सबैभन्दा धेरै क्षति पुगेको बताइएको छ।…

"अफगानिस्तानको भुकम्पमा ५ जनाको ज्यान गयो, १४३ जना घाइते"

नेपाली समाजमा विदेशी हस्तक्षेपको भण्डाफोर गर्दै दुर्गा प्रसाईको अपिल

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रासाईले राष्ट्र र राष्ट्रियताप्रति खतरनाक गतिविधिमा संलग्न एनजिओ र आइएनजिओहरूको भण्डाफोर गर्दै आम नेपाली जनतालाई सचेत गराएका छन् । उनले विगत तीन वर्षदेखि यस्ता गतिविधिहरू सार्वजनिक गर्दै आएका थिए र अहिले थप प्रमाणसहित उनले आइतबार एक भिडियो सावर्जनिक गरेका छन् । भक्तपुरस्थित आफ्नै निवासमा पत्रकार सम्मलेन गर्दै प्रसाईले उक्त भिडियो सावर्जनिक गरेका हुन् । जसमा उनले भनेका छन् कि विभिन्न एनजिओ र आइएनजिओहरूले विदेशी फन्डिङको प्रयोग गर्दै समाजमा भ्रम, विभाजन…

"नेपाली समाजमा विदेशी हस्तक्षेपको भण्डाफोर गर्दै दुर्गा प्रसाईको अपिल"

महालक्ष्मी विकास बैंक आईएसओबाट पुनः प्रमाणित

काठमाडौं । महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त आईएसओ ९००१ः २०१५ बाट पुनः प्रमाणित भएको छ। गुणस्तर व्यवस्थापन प्रणालीमा अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गर्न अब्बल भए बमोजिम गत वर्षको साउन ३२ गतेदेखी लागू हुने गरी बैंक प्रमाणित भएकोमा गत भदौमा भएको पहिलो सर्भिलियन्स अडिटबाट पुनः प्रमाणित हुन सफल भएको हो।बैंकले ‘प्रोभिजन अफ डेभलपमेन्ट बैंकिङ्ग एक्टिभिटिज’ अन्तर्गत प्रमाणपत्र प्राप्त गरेको र यस्तो प्रमाणपत्र प्राप्त गर्ने विकास बैंकहरूमा महालक्ष्मी विकास बैंक अग्रणी बैंक बनेको थियो।…

"महालक्ष्मी विकास बैंक आईएसओबाट पुनः प्रमाणित"

कामना सेवा विकास बैंकद्वारा १५.७८९५ प्रतिशत लाभांश वितरण

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आर्थि‍क वर्ष २०८२÷८३ को प्रथम त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरण अनुसार बैंकले समीक्षा अवधिसम्म ६३ अर्ब ७८ करोड रुपैयाँ निक्षेप संकलन गरी ५३ अर्ब ४५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। उक्त अवधिसम्म बैंकले १९ करोड ७६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। बैंकको कर्जा–निक्षेप अनुपात ८६.३५ प्रतिशत र निष्क्रिय कर्जा अनुपात ४.४१ प्रतिशत रहेको छ। यसै अवधिसम्म बैंकको कुल सम्पत्ति…

"कामना सेवा विकास बैंकद्वारा १५.७८९५ प्रतिशत लाभांश वितरण"

आज विदेशी मुद्राको विनिमयदर स्थिर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (आइबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३३ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९३ रुपैयाँ १४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ १५ पैसा र बिक्रीदर १०१ रुपैयाँ ५८ पैसा, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ र बिक्रीदर १६४ रुपैयाँ ६९ पैसा, युके पाउण्ड स्ट्रलिङ…

"आज विदेशी मुद्राको विनिमयदर स्थिर"

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आज बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आज बस्ने भएको छ । शुक्रबार स्थगित भएको बैठक आज (आइतबार) बस्ने भएको हो । दिउँसो १ बजे बस्न लागेको बैठकमा १५औं महाधिवेशनको विषयमा छलफल गरिने बताइएको छ । बैठकमा महामन्त्री र संस्थापन पक्षले फरक–फरक कार्यतालिका प्रस्ताव गरेका थिए । जसका कारण बैठकमा विवाद उत्पन्न भएको थियो । आज केन्द्रीय समिति बैठक बस्नुअघि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सहमति खोज्न दुई महामन्त्रीसहित शीर्ष नेताको बैठक पनि बोलाएका छन् ।

"नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आज बस्ने"