काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर ११ आफ्नै प्रशासनिक भवनमा सरेको छ । यसअघि ववरमहलमा वहालको भवनबाट सेवा दिँदै आएको वडा आज आफ्नै नवनिर्मित भवनमा सरेर सेवा प्रारम्भ गरेको हो । नवनिर्मित भवनमा शिलालेख अनावरण गर्दै वडाध्यक्ष एवं महानगरपालिकाको भवन व्यवस्था समितिका संयोजक हीरालाल तण्डुकारले भने, ‘शारीरिक अवस्था कमजोर हुने, व्हील चेयर प्रयोगकर्ता, दृष्टिविहिन सबै सेवाग्राहीहरु हरेक तलामा पुग्न सक्ने गरी भवन निर्माण भएको छ । हरेक तलामा भएका शौचालय प्रयोग गर्न सक्नुहुन्छ ।’ उनले…
"काठमाडौं महानगरपालिकाकोवडा नं. ११ को सेवा अब नवनिर्मित भवनबाट"Author: लोकनीति अनलाइन
काठमाडौं । मातृभूमि जागरण अभियानका संयोजक भीम रावललेनेपाली कम्युनिष्ट पार्टीसँग समाहित हुन पाउँदा विगतको बिछोडको आलो घाउमा मलम लगाएको जस्तो महसुस भएको बताएका छन् । बुधबार राष्ट्रिय सभागृहमा भएको सभालाई सम्बोधन गर्दै उनले कम्युनिष्ट पार्टीलाई प्रतिक्रियावादीहरू र कम्युनिष्ट पार्टीलाई विकृत गरेर आफ्नो निहित स्वार्थ पूरा गर्नेबाट विभाजन गरेर सोही ठाउँबाट छुट्टिएर गएको स्मरण गर्दै आज त्यो घाउमा मलम लगाएको महसुस भएको बताएका हुन् । उनले भने, ‘कम्युनिष्ट पार्टीलाई विकृत गरेर आफ्नो निहित स्वार्थ पूरा गर्नेबाट…
"नेपाली कम्युनिष्टसँगको मिलनले विगतको बिछोडको घाउमा मलम लगाएको महसुस भएको छ: भीम रावल"जनकपुर । धनुषामा एक जना महिलाको हत्या गरेर सुनचाँदीका गरगहना लुटपाट गर्ने अर्की महिलालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । धनुषाको हंसपुर नगरपालिका ७ की ६२ वर्षिया चन्द्रकला देवी दासको हत्या गरेर सुनचाँदीका गरगहना लुटपाट गरेको आरोपमा सोही स्थानमा बसोबास गर्ने ४५ वर्षिया पवित्री देवी मण्डललाई धनुषा प्रहरीले पक्राउ गरेको हो । मण्डलको साथबाट लुटिलगेको गरगहनाहरु पनि बरामद भएको छ । मृतक दासलाई मार्न प्रयोग गरिएको हतियार पनि बरामद गरिएको धनुषा प्रहरीले जनाएको छ ।…
"धनुषामा महिलाको हत्या र लुटपाट प्रकरणमा एक महिला पक्राउ"काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को टिम काठमान्डू गोर्खाजले पाटन दरबार क्षेत्र र बसन्तपुर दरबार क्षेत्रमा एनपीएलको ट्रफी प्रदर्शन गरेको छ । बुधबार काठमान्डू गोर्खाजले उपत्यकामा ट्रफी प्रदर्शन गर्ने क्रममा पाटन दरबार क्षेत्र र जावलाखेल हुँदै बसन्तपुर दरबार क्षेत्रमा ट्रफी प्रदर्शन गरेको हो । सोहीक्रममा काठमान्डू गोर्खाजका कप्तान करण केसीले एनपीएलको ट्रफी पहिलो पटक काठमाडौं आएपनि यो ट्रफीलाई जितेर अन्तिममा पनि यही ल्याउने दाबी गरेका छन् । उनले काठमाडौंका जनतालाई आफ्नो टिमलाई साथ दिन…
"सबैको साथले क्रिकेटको माध्यमबाट नेपाललाई चिनाउने छौँ :करण केसी"काठमाडौं । नेपालकम्युनिस्टपार्टी (नेकपा) नेकपा माओवादी केन्द्रसहितको चार पार्टी सहभागि समाजवादी मोर्चाबाट अलग भएको छ । बुधबार पार्टीका महासचिव नेत्रविक्रमचन्द ‘विप्लव’ ले एक विज्ञप्ति जारी गर्दै २०८० सालमा चार दलको सहभागितामागठनभएको ‘समाजवादी मोर्चा’ को औचित्य समाप्तभएको बताएकाछन् । उनले विज्ञप्तिमार्फत भनेका छन्, ‘सबै राजनीतिकपार्टीहरु नयाँखालकाएकता र मोर्चाबन्दिमा सहभागिबन्दै छन् । व्यापक स्तरमा नयाँबहसहरु आवश्यक बनेका छन् र बढिपनि सकेका छन् । समाजवादी मोर्चामा आबद्धतीनपार्टीहरुले एकतागरेर नेपालीकम्युनिस्टपार्टी बनाइ सकेका छन् । यस्तो स्थितिमाआजकै स्वरुपमा समाजवादी मोर्चाको…
"विप्लव नेतृत्वको नेकपा समाजवादी मोर्चाबाट अलग"
त्रिभुवन विश्वविद्यालयको जंगल परिसरमा सुन्दर पार्क निर्माणका लागि मन्त्री पुनले गरे श्रमदानको आह्वान
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालय किर्तिपुरको जंगल परिसरभित्र सुन्दर पार्क निर्माणका लागि स्थानीय बासिन्दा र विश्वविद्यालयका विद्यार्थीहरूलाई श्रमदान गर्न आह्वान गरेका छन् । मन्त्री पुनका अनुसार किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको करिब ३५० रोपनी क्षेत्रफलमा फैलिएको जंगलभित्र रहेको झाडीलाई श्रमदाताहरूले २५ दिनको श्रमदानमार्फत प्रायः फडानी गरिसकेका छन् । उनका अनुसार, यो कार्यमा सहभागी श्रमदाताहरू मध्ये अधिकांश बाहिरी जिल्लाबाट आएका विद्यार्थि स्वयंसेवकहरू हुन् । पुनले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै लेखेका छन्,…
"त्रिभुवन विश्वविद्यालयको जंगल परिसरमा सुन्दर पार्क निर्माणका लागि मन्त्री पुनले गरे श्रमदानको आह्वान"रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकामा भाइरल फ्लुको संक्रमण तीव्र गतिमा फैलिँदै गएको छ । गाउँपालिकाभित्रका विद्यालयहरूमा विद्यार्थी सामूहिक रूपमा बिरामी परेपछि जनस्वास्थ्यमा चुनौती बढेको छ । भाइरल संक्रमणका बिरामीहरू बढेपछि उमाकुण्ड–४, प्रितीस्थित चण्डेश्वरी माध्यमिक विद्यालय तीन दिनका लागि बन्द गरिएको छ । विद्यालयका प्रधानाध्यापक रुद्रकुमार जेस्पुचाका अनुसार मंगलबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले सङ्क्रमणको जोखिम नियन्त्रणका लागि कार्तिक २६ देखि २८ गतेसम्म पठनपाठन स्थगित गर्ने निर्णय गरेको हो । विद्यालयमा कक्षा १ देखि १२ सम्म…
"रामेछापको उमाकुण्डमा भाइरल फ्लुको संक्रमण हुँदा विद्यालय बन्द"काठमाडौं । बलिउड अभिनेता गोविन्दा बुधबार मुम्बईको अस्पतालमा भर्ना भएका छन् । तर उनको स्वास्थ्य अवस्था र अस्पताल भर्ना भएको कारणबारे विस्तृत जानकारी अहिले सीमित छ । अद्यावधिक जानकारी अनुसार, गोविन्दाको क्रिटिकेयर मल्टिस्पेसियलिटी अस्पताल मा भर्ना भएका छन् । उनका प्रबन्धक शशी सिन्हाले एएनआईलाई बताएअनुसार, अभिनेता हाल निरीक्षणमा छन् र सचेत अवस्थामा छन् । शशी सिन्हाले थप भने, “डाक्टरहरूले उनीहरूको अवस्था दिउँसो १२ बजे समीक्षा गर्नेछन्, त्यसपछि थप निर्णय लिइनेछ। गोविन्दाका मेडिकल परीक्षणहरू अझै जारी…
"बलिउड अभिनेता गोविन्दा मुम्बईको अस्पतालमा भर्ना"काठमाडौं । धरानका मेयर हर्क साम्पाङले दुर्गा प्रसाईंलाई ढुंगा बोक्न बोलाएका छन् ।सोमबार सामाजिक सन्जाल फेसबुक मार्फत उनले प्रसाईंलाई ढुंगा बोक्न निम्ता दिएका हुन्। उनले माटोले रगत होइन पसिना मागेको हो भन्दै प्रसाईंलाई मिलेर देश बनाँउ भन्दै बोलाएका हुन् । मेयर साम्पाङ लेख्छन्,‘दुर्गा प्रसाईं जी…अब यो देशमा आन्दोलन होइन श्रम संस्कृतिको खाँचो छ । माटोले रगत होइन पसिना मागेको छ । म त हरघडि माटोसँग बात मार्छु । तपाई पनि ढुगां बोक्न आउनु है ।…
"धरानका मेयरले हर्क साम्पाङ द्वारा दुर्गा प्रसाईंलाई ढुंगा बोक्न निम्ता"रौतहट । बारामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गको जितपुरसिमरा उपमहानगरपालिका–१६ काटघाट क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु भएको हो। हात्तीको आक्रमणबाट ना।४ ख १८३० नम्बरको ट्रकका चालक जितपुरसिमरा उपमहानगर–१ निवासी अन्दाजी ४० वर्षका राजकुमार चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय बाराका निमित्त प्रवक्ता प्रहरी निरीक्षक खेमप्रसाद नेपालका अनुसार ट्रकबाट उत्रेर भाग्ने क्रममा राजमार्गदेखि करिब सय मिटर दक्षिण जंगलतर्फ हात्तीले आक्रमण गरेको हो। हात्तीले…
"हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु"


















