चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद् विस्तार गरेर शपथ गराउने प्रयासमा आफू रहेको बताएका छन् ।
भरतपुर विमानस्थलको टर्मिनल भवन शिल्यान्यास गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले यस्तो बताएका हुन् ।“आजै मन्त्रिपरिषद् विस्तार गरेर शपथग्रहण गराउने मेरो तयारी छ । आज सकिएन भने भोलि बिहान होला,” उनले भने, “काम त हाम्रो सकिएको छ । एक–दुईवटा मन्त्रालय टुंग्याउन थोरै बाँकी छ ।
यस्तै, प्रधानमन्त्री प्रचण्डले चितवनस्थित गौतम बुद्ध क्रिकेट रंगशाला अलपत्र पर्न नदिने पनि प्रतिबद्धता जनाएका छन् । धुर्मस–सुन्तली फाउन्डेसनले निर्माण सुरु गरेको रंगशाला अहिले अलपत्र अवस्थामा छ।











