काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा जारी सत्ता साझेदार १० दलको बैठक निष्कर्षविहीन टुंगिएको छ ।सत्तारुढ गठबन्धनले मन्त्रिपरिषद् विस्तारमा सहमति जुटाउन सकेको छैन । मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालय भागबन्डा गर्न बुधबार बिहान बसेको गठबन्धन बैठक बिनानिष्कर्ष टुंगिएको छ ।
बैठकमा सहमति नजुटपछि दिउँसो ३ बजे बस्ने गरि नेताहरु बालुवाटारबाट बाहिरिएका छन् ।
मंगलबार साँझ भएको लामो छलफल पनि निष्कर्षविहीन भएपछि बुधबार बिहान १० दलका नेता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जम्मा भएका थिए ।











