काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले मिटर ब्याज पीडितहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै पीडितहरूको माग छिटोभन्दा छिटो मन्त्रिपरिषद्बाट सम्बोधन गर्नुपर्ने बताएका छन् ।
मेयर बालेनले खुलामञ्च निषेधित क्षेत्र नभएको भन्दै माइतीघरमा आन्दोलन गर्नेहरूका लागि शिविर बनाएरै खुलामञ्चमा राख्न गरिएको तयारी भने शंकास्पद भएका बताएका हुन् ।
मिटर ब्याज पीडितहरूलाई खुलामञ्च प्रवेशमा रोक लगाएको भन्दै आलोचना भइरहेको बेला मेयर साहले सामजिक सन्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
बर्दिवासबाट १२ दिन पैदल हिँडेर सोमबार काठमाडौँ आइपुगेका मिटर ब्याज पीडितहरू खुलामञ्चभित्र प्रवेश गर्न खोज्दा काठमाडौं नगर प्रहरीले रोकेका थिए ।
(फोटो :बालेन्द्र शाहको फेसबुक पेज)











