बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले अभियोगमा दाबी नपुग्ने भन्दै सफाइ दिएको छ ।
न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले ऊनी विरुद्धको अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो ।यो फैसला संगै शाह थुनामुक्त हुने भएका छन ।अदालती प्रकृयाका कारण शाह भोलि मात्र थुनामुक्त हुने बुझिएको छ ।











