नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा चहलपहल बढेको छ । सरकार निर्माणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा सकिन लागेसङ्गै चहलपहल बढेको हो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जसपाका संघीय परिषद् अध्यक्ष अशोक राई, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन ओलीसँग छलफलका लागि बालकोट पुगेका छन् । छलफलका लागि एमालेका उपमहासचिव विष्णु रिमाल, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकाललगायतका नेताहरू समेत बालकोट पुगेका छन् ।
एमालेसँग ७८, माओवादी केन्द्रसँग ३२, रास्वपासँग २० ,राप्रपा १४ र जसपासँग १२ जना सांसद छन् ।सरकार गठनका लागि १३८ सांसदको समर्थन चाहिन्छ ।











