निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचित सांसदहरूलाई आज प्रमाणपत्र वितरण गरेको छ ।
आयोगको कान्तिपथस्थित परिसरमा आयोजित समारोहमा माननीय प्रमुख निर्वाचन आयुक्त श्री दिनेश कुमार थपलियाले निर्वाचित सांसदहरूलाई खादा लगाएर बधाई ज्ञापन गर्नुभयो भने उक्त प्रणालीका मुख्य निर्वाचन अधिकृत एवं आयोगका सचिव श्री गोकर्णमणि दुवाडीले प्रतिनिधि सभा र सातै प्रदेशका प्रदेश सभामा विभिन्न राजनीतिक दलका तर्फबाट निर्वाचित सदस्यलाई प्रमाणपत्र वितरण गर्नुभयो
समारोहमा आयोगका माननीय प्रमुख निर्वाचन आयुक्तसहित सबै माननीय निर्वाचन आयुक्तहरूको उपस्थिति रहेको थियो । आयोगले गत मंसिर २८ गते सो प्रणालीतर्फको निर्वाचन परिणाम सार्वजनिक गरेको थियो ।











