काठमाडौं। गुणस्तरीय शिक्षामा लगानी गर्न चाहने विद्यार्थी र अभिभावकलाई लक्षित गर्दै एनएमबी बैंक (ल्ःद्य द्यबलप) ले ‘एनएमबी एजुकेशन लोन’ योजना सञ्चालनमा ल्याएको छ। यस विशेष कर्जा योजना स्वदेश तथा विदेशमा उच्च शिक्षा प्राप्त गर्न चाहने नेपालीहरूलाई पूर्ण वित्तीय कवरेज, लचिलो भुक्तानी अवधि, र मोराटोरियम सुविधा प्रदान गर्ने उद्देश्य राखेको छ।
उच्च वित्तीय कवरेज र लचिलोपन
बैंकका अनुसार, यो कर्जा योजना अन्य बैंकहरूको तुलनामा बढी आकर्षक देखिएको छ। अधिकतम कर्जा सीमाः बैंकले धरौटी (ऋयििबतभचब)ि को बजार मूल्यको ७०% सम्म कर्जा सीमा तोकेको छ, जसले ठूलो शैक्षिक खर्च धान्न सहज बनाउँछ। विदेश अध्ययनः विदेशमा अध्ययन गर्ने विद्यार्थीका लागि शुल्क, यात्रा र आवास खर्चको १००% सम्म कर्जा प्राप्त गर्न सकिनेछ। घरेलु अध्ययनः नेपालभित्र अध्ययन गर्ने विद्यार्थीका लागि पनि शिक्षा शुल्कको १००% सम्म सुविधा उपलब्ध गराइएको छ।
ज्बmचय एबतचयत्ब्त्ब् द्यबललभच १प्गmबचष् द्यबलप ीष्mष्तभम
१५ वर्षको अवधि र मोराटोरियम सुविधा
कर्जाको भुक्तानी अवधिमा पनि बैंकले ठूलो लचकता दिएको छ। दीर्घ भुक्तानी अवधिः कर्जाको अधिकतम भुक्तानी अवधि १५ वर्षसम्म निर्धारण गरिएको छ, जसले गर्दा मासिक किस्ता (भ्ःक्ष्) को भार कम हुन्छ। भुक्तानी स्थगन (ःयचबतयचष्गm)ः विद्यार्थीको अध्ययन अवधि र स्नातक भएपछि केही समयसम्म भुक्तानी स्थगन सुविधा (ःयचबतयचष्गm एभचष्यम) प्रदान गरिनेछ। यसले विद्यार्थीलाई रोजगारी प्राप्त गरेपछि मात्र कर्जा तिर्न सुरु गर्न सहज बनाउँछ।
ब्याजदर संरचना र योग्यता
एनएमबी एजुकेशन लोन १८ देखि ५० वर्ष उमेर समूहका नेपाली नागरिक का लागि खुला छ। ब्याजदरः कर्जाको ब्याजदर नेपाल राष्ट्र बैंकको आधार दर (द्यबकभ च्बतभ) मा २.५% देखि ४.५% सम्मको प्रिमियम थप गरेर निर्धारण हुनेछ। यद्यपि, बैंकले बजार परिस्थिति अनुसार ब्याजदर परिवर्तनशील हुने भएकाले आवेदन दिने समयमा अद्यावधिक जानकारी लिन आग्रह गरेको छ।
प्रायोजकको योग्यताः तलबधारी, स्व–रोजगार पेशेवर (जस्तैः डाक्टर, इन्जिनियर), व्यवसायी, र भाडा÷रेमिट्यान्स आम्दानी हुने व्यक्तिहरूलाई प्रायोजक (क्उयलकयचक) का रूपमा स्वीकार गरिनेछ। बैंकका अनुसार, कर्जा रकम शैक्षिक शुल्कहरू (ट्युसन, परीक्षा), आवास र यात्रा खर्च, साथै पुस्तक तथा उपकरणहरू जस्ता पढाइ सामग्रीमा प्रयोग गर्न सकिनेछ। यो विस्तृत र लचिलो योजनाले विद्यार्थी र अभिभावकलाई शैक्षिक लक्ष्य पूरा गर्नका लागि आर्थिक दबाबबाट मुक्त गराउने लक्ष्य राखेको बैंकले जनाएको छ।











