मतदाता नामावलीमा दर्ता गर्ने युवाहरुको संख्या बढ्दै

जिल्ला निर्वाचन कार्यालय ललितपुरमा मतदाता नामावलीमा दर्ता गर्ने युवाहरु संख्या बढ्दै गएको छ । निर्वाचन आयोगले अनलाइनमा फारम भरेपछि उक्त फारमका आधारमा जहाँसुकै गएर फोटो र बायोमेट्रिक दिन सकिने भएपछि मतदाता नामावलीमा दर्ता गर्नेहरुको संख्या उस्तै छ । फागुन २१ मा घोषणा भएको निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गराउन निर्वाचन आयोगले कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्नेछ ।