७ सयले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा ७ सय रुपैयाँले घटेको हो ।

आज सुन २ लाख ३६ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार सुन प्रतितोला २ लाख ३७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य भने बढेको छ । चाँदी आज प्रतितोला ४५ रुपैयाँले बढेको हो । मंगलबार २ हजार ९ सय २० रुपैयाँमा कारोवार भैइरहेको चाँदी आज २ हजार ९ सय ६५ रुपैयाँमा कारोवार भैइरहेको छ ।