कोटेश्वर ट्राफिक प्रहरी प्रभागमा आवश्यक व्यवस्था गर्दै पुनःकार्य सुचारु

काठमाडौं । कोटेश्वर ट्राफिक प्रहरी प्रभागमा आवश्यक व्यवस्थापन गरि स्थानीहरुले प्रहरीहरुलाई स्वागत गरेका छन् । स्थानीय सुनिल केसीकाअनुसार स्थानीहरु सबै मिलेर सरसफाई गर्नका साथै आधारभूर सामाग्रीको व्यस्थापनपछि पुनःकार्य सुचारु गरिएको हो ।

उनले भने,‘हिजो हामीले यहाँ बत्ति हाल्ने काम ग-यौं लत्ता कपाडाको कुराहरु,खाद्यन्न,सत्ने ठाउँ भाँडाकुडाजस्ता आधारभूत कुराहरुको व्यवस्था ग-यौं । उहाँहरुबाट जनताले सेवा लिने हो । अब जनतासँगप्रहरी छ है ,जसरी हाम्रो सुरक्षाको लागि २४ घण्टाउहाँहरु खट्नुहुन्छ ,हामीपनितपाईहरुलाई परेको अप्ठ्यारोमा साथदिन्छौं है भन्ने सन्देश दिनखोजेको हौं ।’

स्थानीयहरुको यो कदमले प्रहरीहरुको मनोबल उठाउने उनले विश्वास गरे ।त्यस्तै प्रहरी वरिष्ठनायवनिरिक्षक चन्द्र कुँवर श्रेष्ठले नागरिक समाज नै आफूहरुको साथमा भएपछि ढुक्कले कामगर्न सकिने वातावरणनिर्माणभएको बताए ।

‘अब हामीलाई पनि डर छैन् ।यत्रो नागरिक समाजहाम्रो साथमाहुनुन्छभन्ने महशुस भएको छ ।’
उनले प्रभागमाबस्न सक्ने अवस्थानभएपछिपछाडिको पर्खालबाटभागेर आफूले ज्यानबचाएको स्मण गरे ।