चित्रलेखा यादवलाई अस्ट्रेलियाको राजदूत बनाउँने कांग्रेसको तयारी

काठमाडौं । पूर्वकोषाध्यक्ष चित्रलेखा यादवलाई नेपाली कांग्रेसले अस्ट्रेलियाको राजदूत बनाउने तयारी भएको छ । सत्ता गठबन्धनमा राजदूत भागबन्डा गर्दा अस्ट्रेलिया कांग्रेसको भागमा परेको हो । कांग्रेसले त्यसका लागि संवैधानिक परिषद्‌बाट निर्णय गर्ने गरी प्रधानमन्त्रीसमक्ष नाम सिफारिस गरेको छ ।
पूर्वकोषाध्यक्ष यादव हाल कांग्रेसको केन्द्रीय सदस्य छिन् ।

कांग्रेसकै कोटामा सरकारले अस्ट्रेलियाका लागि राजदूतमा सिफारिस गरेकी कान्ता रिजालको विषयमा समस्या देखिएपछि उनको नाम संसदीय समितिमा सुनुवाइका लागि नै पठाइएको थिएन ।