मतदाताको शिर झुक्न दिन्नःसुहाङ नेम्वाङ

इलाम । इलाम–२ मा नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले मतदाताको शिर झुक्न नदिने प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा सुहाङले एक–एक मतको उच्च सम्मान गरेर काम गर्ने प्रतिबद्धता जनाए । मतगणनास्थल गौतमबुद्ध सभागृह सिटी हलमा आयेजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले नेम्वाङलाई प्रमाणपत्र प्रदान गरे । उनले बुबाले देखाएको बाटोमा काम गर्ने बताए ।