रोजिना विष्ट(रोज)नेशनल सोसियल वेलफेयर अवार्ड २०२३ बाट सम्मानित

काठमाडौं । सुनौलो पाइलाकी संस्थापक अध्यक्ष रोजिना विष्ट रोज सोसियल वेलफेयर अवार्ड २०२३ बाट सम्मानित हुनु भएको छ ।मंगलवार राष्ट्रिय नाच घर जमलमा आयोजित एक कार्यक्रमका विच उक्त सम्मान गरिएको थियो ।

सिजन मिडिया द्वारा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथी प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले सामाजिक सेवामा समर्पित व्यक्तित्वको रुपमा उहाँलाई सम्मानपत्र हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका नेता एबं राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाको विशेष अतिथीका रुपमा उपस्थिती रहेको थियो ।

सिजन मिडियाले विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तित्वहरुलाई सम्मान गर्दै आएको छ । रोजिना विष्टलाई सामाजिक सेवामा समर्पित व्यक्तित्वको रुपमा सम्मान गरेको मिडियाले जनाएको छ ।