प्रधानमन्त्री प्रचण्ड र विप्लवबिच भेटवार्ता

काठमाडौ । प्रधानमन्त्री प्रचण्ड र नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवबिच भेटवार्ता भएको छ।प्रधानमन्त्री निवास बालुवाटारमा हिजो दुई नेताबिच भेटबार्ता भएको हो।

भेटघाटमा देशको समसामयिक राजनीतिक समस्याको विषयमा गम्भीरतापुर्वक छलफल भएको बताइएको छ ।बिशेषत ‘समाजवादी मोर्चा ‘ गठनको विषयमा नेताहरू विच सकारात्मक कुराकानी भएको बताईएको छ ।

भेटघाटको क्रममा नेकपा सम्बद्ध बन्दीहरुको रिहाई र झुटा मुद्धा खारेजीको विषयमा समेत कुराकानी भएको र बन्दीहरू रिहा गर्न प्रधानमन्त्री प्रचण्ड सकारात्मक रहेको कुरा महासचिव विप्लवको सचिवालयले जानकारी दिएको छ ।भेटवार्तामा नेकपा प्रवक्ता प्रकाण्ड , पुर्वप्रधानमन्त्री माधव कुमार नेपाल र माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा समेत सहभागी रहेका थिए।