काठमाडौ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ । मन्त्रालय भागबण्डाको बारेमा छलफलका लागि बैठक सुरु भएको हो ।आजको बैठकले मन्त्रालय भागबन्डामा सहमति जुटाउनुको साथै न्यूनतम साझा कार्यक्रमलाई अनुमोदन गर्ने तयारी छ ।
मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको सत्तारुढ गठबन्धनको बैठक निष्कर्षविहीन टुङिएको थियो ।गठबन्धनमा मन्त्रालयको भागबण्डामा सहमति जुट्न नसक्दा मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ हुँदै आएको छ ।
हिजो बसेको बैठकमा नेपाली कांग्रेसले ९ वटा मन्त्रालयमा दाबी पेस गरेको थियो।यस्तै जसपा र नेकपा एकीकृत समाजवादीले ३–३ वटा, लोसपाले २ वटा मन्त्रालय मागेको थियो।लामो समयदेखि प्रधानमन्त्री प्रचण्डसँग १६ वटा मन्त्रालयको जिम्मेवारी छ ।











