कांग्रेसले स्पष्ट कुरा नगरी अल्मल्याउने र आलटाल गरेको भन्दै गोविन्दराज जोशी समूहले नेपाली कांग्रेससँगको वार्ता समाप्त भएको घोषणा गरेको छ।
जोशीले बुधबार विज्ञप्ति निकालेर यो चरणको वार्ता समाप्त भएको घोषणा गरेका हुन् ।जोशीले विज्ञप्तिमा नेपाली कांग्रेसका प्रतिनिधिहरूसँग भएको भनिएको हाम्रो वार्ता हामीलाई झुक्याउने, स्पष्ट कुरा नगरी अल्मल्याउने र आलटाल गर्ने प्रयत्न भएको महसुस हामीले गरेका छौं,’ आजदेखि कांग्रेससँग हाम्रो यो चरणको वार्ता समाप्त भएको घोषणासमेत गर्दछौँ ।’











