काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्। आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटार मा उहाँहरुविच भेट भएको हो ।
भेटमा डा. राउतले सरकारसँग विमती रहेकाले बाहिरिन चाहेको बताएका थिए । तर, प्रधानमन्त्री प्रचण्डले माग पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै रोजेको मन्त्रालय दिन आफू तयार भएको बताएको राउतको सचिवालयले जनाएको छ ।जनमतले राखेका शर्तहरुप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सकरात्मक देखिएपछि सरकारमा जाने तयारी गरेको बुझीएको छ।
‘पीएमले सरकारमै रहने कुरा गर्नुभयो,’ भेटवार्तापछि राउतले भने, ‘कसरी एडजस्ट गर्ने हो, गठबन्धनको बैठक राखेको छु, आजै केही समझदारी बनाउँछु भन्नुभयो‘।’
आजै अपराह्न ४ बजे गठबन्धनको बैठक राख्ने तय गरिएको प्रधानमन्त्री प्रचण्डले बताएका छन् ।प्रधानमन्त्री प्रचण्ड माओवादी केन्द्रबाट मन्त्री भएका मध्येबाट एकलाई फिर्ता बोलाएर जनमतलाई सरकारमा भित्र्याउने तयारीमा रहेका छन् ।
राउतका अनुसार गठबन्धनका केही नेता नमानेकाले जनमतलाई सरकारमा सहभागी गराउने प्रयास सफल भएको छैन ।











