चितवन-२ को उपनिर्वाचनका लागि नेपाली कांग्रेसले गत निर्वाचनका उम्मेदवार रहेका उमेश श्रेष्ठसहित ११ जनाको नाम सिफारिस गरेर केन्दमा पठाउने निर्णय गरेको छ ।
आगामी वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनका लागि गत निर्वाचनका उम्मेदवार रहे उमेश श्रेष्ठसहित देवेन्द्र गुरूङ, जीतनारायण श्रेष्ठ, राजेश्वर खनाल, मिलनबाबु श्रेष्ठ, राजन कार्की, कैलाश कोइराला, विपीन रामुदामु, देवकी गौतम, पार्वती शाह ठकुरी र गौरी श्रेष्ठ केन्द्रमा सिफारिस भएका छन् ।
साथै, पुर्व जिल्ला सभापति विकास कोइरालालगायतको कारबाही फुकुवाको निर्णय लिदै केन्द्रमा पत्राचारसमेत गरेको छ ।











